माघे संक्रान्ति मेला संगितमय

  • १ माघ २०७५, मंगलवार
  • 1756 पटक पढिएको

बेनी १ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम विकास समितिको आयोजनामा सोमबारदेखि बेनीको कालीपुलमा सुरु भएको माघे संक्रान्ति मेला संगितमय बनेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गित र नृत्य प्रस्तुतिका साथै लोक गित र नृत्य प्रतियोगिता मेलाको दोस्रो तथा अन्तिम दिनको बिशेष आकर्षण बन्यो ।

पहिलो दिन सोमबार साँझ बसन्त थापा र लाली बुढाथोकीले गित प्रस्तुत गरेको मेलाको दोस्रो दिन मंगलबार गायिका कृष्णा गुरुङले दर्शकलाई गित गाएर नचाइन् ।

मेलाको अवसरमा आयोजित खुल्ला एकल नृत्य म्याग्दी डान्स आईडलमा ३० जना र म्याग्दी भ्रमण वर्ष २०७५ विषयक खुल्ला लोक दोहोरी गित प्रतियोगितामा ७ जनाले सहभागिता जनाएका समितिकी सभापति सुनिता केसीले जानकारी दिनुभयो ।

दुवै प्रतियोगिताका बिजेतालाई मंगलबार साँझ नतिजा सार्वजनिकसँगै प्रथम, दितृय र तितृय पुरस्कारको राशी क्रमशः दश हजार, सात हजार र तीन हजार रुपैयाँका दरले पुरस्कृत गरिने समितिले जनाएको छ ।

मेलाको अवसरमा महिला÷पुरुष अन्धनिशान, छेलो फाल्ने र लठो तान्ने खेल पनि सञ्चालन गरिएको छ ।

परम्पराको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण र सम्र्बद्धन, आन्तरिक पर्यटन प्रर्वद्धनका साथै म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउन मेलाको आयोजना गरिएको समितिले जनाएको छ ।
स्थानीय उत्पादन, विभिन्न समुदायको झाँकी र संस्कृति प्रर्दशनी गरिएको छ ।