बेनीमा मगर समुदायद्धारा साँस्कृतिक झाँकी पदर्शन (फोटा फिचर)

  • १ माघ २०७५, मंगलवार
  • कमल खत्री
  • 1989 पटक पढिएको

म्याग्दी, १ माघ । माघे सङ्क्रान्ति पर्वको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी पदर्शन गरिएको छ ।

मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा ‘‘सम्पूर्ण मगरहरु एक होऔँ,भाष, कला र संस्कृतिको संरक्षण गरौँ’’भन्ने मुल नाराका साथ जातिय पहिचान झल्कने झाँकी निकालिएको हो ।

मगर संगको सभाहलबाट निकालिएको ¥यालीले बेनीबजार परिक्रममा गरि पुनः संघकै हलमा पुगेको छ । ¥यालीमा मगर समुदायको मौलिक भेषभुषामा सजिएका सहभागीले पुख्र्यौली नाच समेत पदर्शन गरेका थिए । बालबालिकादेखि पौढ र बृद्धबृद्धाहरु समेत उत्साही भएर ¥यालीमा सहभागीता जनाएका छन् ।

अहिले हलभित्र साँस्कृतिक कार्यक्रम भैरहेको छ । मगर समुदायले माघे संक्रान्ति पर्वलाई बिशेष महत्वका साथ मनाउने गर्छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l