भिम माविमा पुरस्कार वितरण,स्वर्णजयन्ती अभियानको आयव्यय वितरण सार्वजनिक

  • १ माघ २०७५, मंगलवार
  • 2732 पटक पढिएको

म्याग्दी, १ माघ । म्याग्दीको मालिका गाउँपालिका–५ मा रहेको भिम माध्यमिक विद्यालयलको दोश्रो त्रैमासिक परिक्षा २०७५ को नतिजा प्रकाशन तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस शैक्षिक सत्रको अहिलेसम्म विभिन्न अतिरिक्त क्रियाकलापको पुरस्कार समेत वितरण गरिएको छ ।


सो अवसरमा विद्यालयले गत २०७३ बैशाख ६ गते देखी ११ गते सम्म सम्पन्न स्वर्णजयन्ती समारोह तथा २०७४ साल असोज १६ र १७ गते तथा सम्पन्न स्वर्णजयन्ती तथा चन्दा सङ्कलन अभियानको आयव्यय वितरण समेत सार्वजनिक गरिएको छ ।


कार्यक्रममा देविस्थान मैत्रीसंघ यु के द्वारा मालिका गाउपालिका –५ देविस्थानबाट २०७४ मा माध्यमिक शिक्षा परिक्षा एसइईमा ३.२० जिपिए प्राप्त गरि प्रथम हुने गौवमवस्त माध्यमिक विद्यालयकि छात्रा एलिना घर्तीलाइ नगत रु ५ हजार र सवै सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट छात्रछात्रालाई नगदसहित पुरस्कार प्रदान गरिएको छ ।
भिम माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष सबेदार दिल बहादुर पुनको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष पिपला बुढाथोकीले शिक्षा क्षेत्रको गुणस्तर सुधार सबैको साझा प्रयासबाट मात्रै सम्भव हुने बताउनुभयो ।


कार्यक्रम देविस्थान समाज काठमाडौका सह कोषाध्यक्ष कमन बहादुर पुनको बिशिष्ट आतित्यथा, विद्यालय ब्यवस्थापन समितिका सल्लाहकार तथा भुतपुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निन बहादुर पुनको बिशेष उपस्थितिमा शिक्षक नर बहादुर बि क को स्वागत मन्तव्य र शिक्षक प्रकास सुबेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
स्वर्णजयन्ती तथा चन्दा सङ्कलन अभियानको आयव्यय विवरणको सार्वजनिक मुल समारोह समितीका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती मगरले गर्नु भयको थियो ।

यस कार्यक्रमको अवसरमा खुला नृत्य प्रतियोगिता समेत सम्पन्न भयको थियो । प्रतियोगितामा अस्मिता घर्ती , मिलन पुन र पोबिना घर्तिको समुह प्रथम , अमृता पुन , कुसुम पुन , मनिषा पुन र छममाया घर्तीको समुह द्धितिय, अमृता घर्ती तृतीय र मोनोका पुनले सान्त्वना स्थान हाँसिल गर्न सफल भएका थिए । उनीहरुलाई क्रमश रु २ हजार ,रु १५ सय, रु १ हजार र रु ५ सय नगद सहित पुरुस्कार प्रदान गरिएको थियो ।