श्रीकृष्णगंगाका सदस्यहरुलाई सहकारी शिक्षा

  • १ माघ २०७५, मंगलवार
  • 1683 पटक पढिएको

बेनी १ माघ । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाका आयोजनामा सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी अभियानकर्मी चन्दीप्रसाद शर्माले सेयर सदस्यहरुलाई सहकारीको महत्व, सिद्धान्त र सेयर सदस्यहरुको भुमिकाका विषयमा सहजिकरण गर्नुभएको प्रबन्धक ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष रामकृष्ण आचार्यको अध्यक्षता, लक्ष्मीप्रसाद आचार्यको स्वागत र ऋण उपसमिति संयोजक रुद्रलाल आचार्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा १०८ जना नयाँ सेयर सदस्यहरुलाई स्वागत गरिएको थियो ।