ललितमान भलञ्जा छन्त्याल प्रथम स्मृति कप ताराखेल प्रतियोगिता सम्पन्न

  • ३० पुष २०७५, सोमबार
  • 2820 पटक पढिएको

पोखरा, ३० पुस । माघे संक्रान्ति पर्व एवम छन्त्यालहरुको महान पर्व छारम्हेङको अवसरमा  स्वर्गीय ललितमान भलञ्जा छन्त्याल प्रथम स्मृति कप ताराखेल प्रतियोगिता २०७५ सम्पन्न भएको छ । नेपाल छन्त्याल संघ जिल्ला समिति कास्कीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ७ समुहले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा म्याग्दी मगर समाज प्रथम, थकाली सेवा समाज पोखरा द्धितिय र अमर दिप क्लब तितृय हुन सफल भएका छन् । प्रतियोगितामा म्याग्देली तारा खेलाडी राज पुर्जा उत्कृष्ट खेलाडी र दलमान छन्त्याल सर्वोकृष्ट खेलाडी बन्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ६० हजार, द्धितिय हुनेलाई नगद रु ३५ हजा र तितृय हुनेलाई २५ हजार तथा उत्कृष्ट खेलाडीलाई २ हजार नगद सहित पुरस्कृत गरिएको छन्त्याल संघ कास्कीका ताराखेल समितिका कोषाध्यक्ष दलमान घरब्जा छन्त्यालले जानकारी दिनुभयो ।