बहराईनमा ओम कुमारी शान्ति कोषलाई सहयोग जुट्दै

  • १ बैशाख २०७४, शुक्रबार
  • 2393 पटक पढिएको

म्याग्दी १, बैशाख । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोडको अक्षय कोष स्थापना गर्ने अभियानका लागि बहराईनमा सहयोग जुट्न थालेको छ । म्याग्दी समाज बहराईनको विशेष कार्यक्रममा सहभागी हुनका लागि ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोलि बहराईनमा पुगेको छ । बहराइनमा रहेका म्याग्देलीहरुले संस्थाको आजिवन सदस्य लिने र डेढ करोड अक्षय कोषको अभियानमा सहयोग गर्ने क्रम बढेको छ । यसै सन्दर्भमा म्याग्दी समाज बहराइृनका पूर्व अध्यक्ष एवम् प्रमुख सल्लाहकार समाजसेवी गोरख राम्जालीलले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको लोकेश पुनले जानकारी दिए । उनले संस्थाको पवित्र उद्देश्यलाई सहयोग गर्ने उद्देश्यले उक्त सहयोग गरेको बताए ।
म्याग्दीका कोही पनि जनता आर्थिक अभावकै कारण उपचार नपाई अकालमै मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले स्थापना भएको परोपकारी संस्थालाई बहराईनमा रहेका म्याग्देलीहरुले सकारात्मक रुपमा सहयोग गरेका छन् । कोषले डेढ करोड अध्यक्ष कोष पु¥याउनका लागि आजिवन सदस्य बृद्धि, संरक्षक सदस्य बृद्धि र आर्थिक संकलन अभियान सुरु गरेको छ । कोषका अध्यक्ष राजेश शाक्यले बराईनमा रहेका म्याग्देलीहरुले अभियानलाई सफल बनाउनका लागि सकारात्मक सहयोग गरिरहेको भन्दै सहयोग र आतित्थ्यता प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।