मुसुङमा तीन पत्रकार सम्मानित

  • २९ पुष २०७५, आईतवार
  • 2512 पटक पढिएको

बेनी, २९ पुस । म्याग्दीका तीन जना पत्रकार सम्मानित भएका छन् । बेनी नगरपाकिला–३ भकिम्लीको मुसुङमा सञ्चालन भएको पर्यटन मेलाको अवसरमा आईतवार पत्रकार कमल खत्री, सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानीत भएका हुन् । स्वर्गाश्रम, बेलढुंगा लगायतका पर्यटकीय क्षेत्रहरुमा सञ्चार क्षेत्र मार्फत प्रचार प्रसार र स्थानीय सम्भावना र समस्या उजागर गर्न योगदान पु¥याएको भन्दै पत्रकारत्रयलाई सम्मान गरिएको हो ।

स्थानीय स्वर्गाश्रम युवा क्लबले माघेसंक्रान्ति पर्वको अवसरमा आयोजना गरेको पर्यटन मेलामा म्याग्दीअनलाईन र समृद्ध साप्ताहिक पत्रिकाका सम्पादक खत्री, रिखार दैनिकका प्रकाशक गौतम र बेनीअनलाईनकर्मी पत्रकार गौतमलाई सम्मान गरिएको हो ।

कार्यक्रममा क्लब अध्यक्ष भिम पुन, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले पत्रकारत्रयलाई सम्मानपत्र र खादा लगाएर सम्मान गर्नुभएको थियो ।

?

पत्रकारीता मार्फत यस क्षेत्रको पर्यटन विकासमा योगदान पु¥याएकाले उहाँहरुलाई सम्मान गरिएको पर्यटन मेलाका संयोजक तारामिलन छन्त्यालले बताउनुभयो । सो अवसरमा अगुवा कृषकहरु धनबहादुर श्रीस र श्यामबहादुर पुनलाई समेत सम्मान गरिएको थियो ।