ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न

  • २९ पुष २०७५, आईतवार
  • 1821 पटक पढिएको

म्याग्दी २९ पुस  । वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कलेजको बिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीहरुको क्लब ‘आई बी’ क्लबले प्रतियोगिता आयोजना गरेको हो । बिबिएस प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययन गर्ने विद्यार्थीहरुको क्लबले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।


३ दिन सम्म चलेको प्रतियोगितामा कक्षा ६ देखि बिबिएस र पुर्व विद्यार्थिहरुले समेत भाग लिएका थिए । ५ ए साइड खेलाइएको प्रतियोगीता सेमी फाईनलमा कक्षा १२ सेक्सन ए का दुइ टिमलाई पराजित गर्दै विद्यालय तहका कक्षा ८ र ९ फाईनलमा प्रवेश गरेका थिए । आइतबार बिहान सम्पन्न फाईनलमा कक्षा ९ एकाउन्ट सेक्सनले कक्षा ८ लाइ ३ का बिरुद्द ७ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमश १७ हजार १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।


समुद्घाटन कार्यक्रम पौष २६ गते वेष्ट पोइन्ट एजुकेशन फाउन्देशन म्याग्दी प्रालिका संस्थापक निर्देशक सुवासकुमार श्रेष्ठले एक कार्यक्रमका बिच गर्नु भएको थियो । फाइनल खेल समापन समारोहमा क्लबका शिक्षक संयोजक कृष्ण गिरीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने आर्थिक सहयोहगदाता रेफ्री तथा अफासियलहरु सम्पूर्णलाइ धन्यबाद दिनु भएको थियो ।

कलेजका प्रिन्सिपल बीणा झाको प्रमुख आतियथ्यता वेष्ट पोइन्ट एजिकेशन फाउन्डेसन म्याग्दी प्रालिका संस्थापक निर्देशक शिवकुमार श्रेष्ठको बिशेष आतियथ्यता र क्लबका अध्यक्ष दिनेशकुमार बिश्वकर्माको अध्यक्षता, सचिव कृष्णकुमार विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको वेष्ट पोइन्ट मेडियाले जनाएको छ ।