मल्लाजको फट्केढुङ्गामा निशूल्क स्वास्थ्य शिविर सम्पन्न

  • २८ पुष २०७५, शनिबार
  • 1583 पटक पढिएको

मल्लाज २८ पुष । जलजला गाउँपालिका ४ फट्केढुङ्गामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिकाको सहयोगमा लायन्स क्लव अफ पर्वत कुश्मा सिटी र ब्रिज सिटीको आयोजनामा भएको शिविरमा २३१ जना लाभान्वित भएका छन् । ७२ जनाले पाठेघर सम्बन्धी र १५९ जनाले १५९ जनाले आँखा उपचार सम्बन्धी सेवा सेवा लिएका लायन्स क्लव अफ ब्रिज सिटीका अध्यक्ष बिमल शर्माले जानकारी दिए ।

शिविरमा पहिचान भएका ७ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाको व्यवस्था मिलाइने आयोजकले जनाएका छन् । शर्माको अध्यक्षता र कुश्मा सिटीकी अध्यक्ष सरस्वती शर्मा (जिज्ञाशु)को सञ्चालनमा सम्पन्न भएको शिविर उद्घाटन कार्यक्रममा जलजला गाउँपालिका ४ का वडा अध्यक्ष भिष्म मल्लले स्थानीयबासीहरुलाई सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन शिविर आयोजना गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताए ।

शिविरमा पर्वत अस्पतालकी स्त्रीरोग विशेषज्ञ डाक्टर हेमा छन्त्याल, आँखा उपचार केन्द्र कुश्माकी प्रमुख सुमित्रा अधिकारी, अनमी सरस्वती पाठक लगायतको टोलीले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरणको सेवा दिएका थिए ।