टोड्केमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु

  • २८ पुष २०७५, शनिबार
  • 1316 पटक पढिएको

बेनी २८ पुष । रघुगंगा गाउँपालिकाको आयोजनामा टोड्केमा शनिबारदेखि महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ ।रघुगंगा गाउँपालिका ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाको अध्यक्षता, महिला तथा बालबालिका शाखाका प्रमुख अमृता थापाको सञ्चालन र रघुगंगा महिला विकास बहुउद्देश्यिय सहकारी संस्था पाखापानीका परिचालक चौमाया पुनले स्वागत गर्नुभएको तालिमको गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले उद्घाटन गरेकी थिईन ।

उपाध्यक्ष तिलीजाले आफ्नो हक अधिकारको उपभोग गर्न महिलाहरु सक्षम भएर अग्रसर बन्नुपर्ने बताईन । झिँ र पाखापानीका ४१ जना महिलाहरु सहभागि दुई दिनसम्म सञ्चालन हुने तालिममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका छन् ।