आवास पुननिर्माणलाई गति दिन स्थानीय तह र प्राधिकरण विच समझदारी–पत्रमा हस्ताक्षर

  • २८ पुष २०७५, शनिबार
  • धिरन खत्री
  • 1963 पटक पढिएको


बेनी, २८ पुस । म्याग्दीमा  आवास पुननिर्माणलाई गति दिनलाई स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरिएको छ । जिल्लामा भएका ६ स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ म्याग्दी विच समझदारी–पत्रमा हस्ताक्षर गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईकाई र जिल्ला आयोजना कार्यान्वयन ईकाइ म्याग्दीको आयोजनामा भएको जिल्ला स्तरीय समन्वय बैठक अभिमुखिकरणमा जनप्रतिनिधि र सरोकारवालहरुको उपस्थितमा आवास पुर्ननिर्माणलाई जिम्मेवार बनाउन १३ बुदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।


पुननिर्माणलाई गति दिन जिल्ला र स्थानीय तहमा सहजिकरण समिति गठन गरिएको छ । भुकम्पबाट क्षतीग्रस्त घरहरुको पुननिर्माणलाई समयमै सम्पन्न गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा गठन गरिएको सहजिकरण समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला समन्वय अधिकारी, नापी कार्यालय प्रमुख, कोलेनिका प्रमुख, मालपोत कार्यालय प्रमुख, आयोजना प्रमुख , बैक प्रतिनिधि र स्थानी पुर्वाधार प्रमुख रहेका छन् ।


आावास पुननिर्माणलाई प्रंभाकारी बनाउन जिल्लाका स्थानीय तहअनुसार नगरपालिका र गाउँपालिका प्रमुखको संयोजकमा रहेको सहजीकरण समितिको उपसंयोजकमा उपप्रमुख र सदस्यहरुमा वडा अध्यक्ष, समाजसेवी, पुननिर्माण ईन्जिनियर र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिवमा रहेका छन् । समिक्षा कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले बास्तविक पिडितहरु अनुदान पाउनबाट छुट्न नहुने भन्दै त्यसको लागि ध्यान दिन आयोजनालाई आग्रह गरेका थिए । उनले भुकम्प पीडित जनताको नाममा फर्जी लापग्राहीलाई पहिचान गरेर दिएको अनुदान फिर्ता गराउनुपर्ने बताए ।

सोही कार्यक्तममा गण्डकी प्रदेशका सांसद विनोद केसीले आवास पुननिर्माण कार्यलाई असार मसान्त भित्र सम्पन्न गर्नको लागि आयोजना संगै स्थानीय सरकार समेत लाग्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आवास पुननिर्माणको लागि लिएको अनुदालाई सदुपयोग गर्दै पुननिर्माणलाई अघि बढाउन आग्रह गरेका थिए ।


कार्यक्रममा उपस्थित नगरप्रमुख र गाउँपालिका अध्यक्षहरुले बास्तविक भुकम्प पीडितको आवास पुननिर्माणमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । समिक्षा गोष्ठीमा भुकम्प लगत्तै पुननिर्माणमा छुट भएका विद्यालयलाई पुर्ननिर्माण गर्नका लागि प्राधिकरणसंग सहयोगको लागि निर्णय गरिएको छ । त्यस्तै पुर्ननिर्माण प्राधिकरण कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले पुननिर्माणका गतिविधि जानकारी गराएका थिए । म्याग्दीमा ८६८ जना भुकम्प प्रभावित मध्ये ७९० जनाले पहिलो किस्ता, २८७ जनाले दोस्रो किस्ता र १६५ जनाले मात्रै अन्तिम किस्ता भुक्तानि लिएको प्राधिकरणले जानकारी दिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l