सबै बालबालिकालाई विद्यालयमा ल्याउन म्याग्दीमा विद्यार्थि भर्ना अभियान सुरु

  • ३१ चैत्र २०७३, बिहीबार
  • कमल खत्री
  • 1925 पटक पढिएको

म्याग्दी, ३१ चैत । जिल्ला शिक्षा कार्यालय म्याग्दीले जिल्लाका सबै विद्यालय उमेर समुहका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउन जिल्लाव्यापि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरुलाई अध्ययनको अबसरबाट बञ्चित नगराउनका लागि बैशाख महिनाभर नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न लागिएको हो ।

गत बर्ष जिल्लाको तथ्याङ्क अनुसार विद्यालय पाँच कक्षा उमेर समुहका पाँच प्रतिशत बालबालिकाहरु भर्ना नभएको देखिएकाले यस बर्ष सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने गरि अभियान सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक दलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गत बर्ष अपांगता भएका बालबालिकाहरु भर्ना अभियानबाट छुटेको हुनसक्ने भएकाले यस बर्ष अपांगता भएका बालबालिकाहरुको पहिचान र उनीहरुलाई स्रोतकेन्द्रसम्मको पहुँच पु¥याउने कार्यलाई प्राथमिकता दिइएको छ ।
वैशाख २ गतेदेखि १४ गतेसम्मपहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीहरुलाई पाठ्यपुस्तक र मुस्कान सहितको पूmल अवीर तथा स्थानीय संस्कृति अनुसार स्वागत गरिने विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले बताउनुभयो । पहिलो चरणमा भर्ना हुन नआएकाहरुलाई विद्यालयको सबै जनशक्ति परिचालन गरि घरदैलो अभियान सञ्चालन गरिनेछ । यसैबिच जिल्ला शिक्षा कार्यालयले     नयाँ शैक्षिक सत्र २०७४ को सुरुवातमा भर्ना अभियानसंगै प्रत्येक विद्यालय मार्फत सेवा क्षेत्रमा विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको विवरण संकलन गर्न थालेको छ ।

विद्यालय बाहिर रहेका पूर्व प्राथमिक र विद्यालय जाने उमेर समूहका बालबालिकाको वैयत्तीक विवरण सम्बन्धि घरधुरी सर्वेक्षण गरी विद्यालय बाहिर रहेका बालबालिकाहरु एकिन गरी उनीहरुलाई विद्यालय भर्ना गराउने शिक्षा कार्यालयले जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l