दिच्यामका आगोलागी पिडितलाई राहत

  • २७ पुष २०७५, शुक्रबार
  • 1561 पटक पढिएको

बेनी २७ पुष । म्याग्दीको मालिका गाउँपालिका ६ दिच्यामका आगोलागी पिडित टिकावती भण्डारीलाई राहत सहयोग गरिएको छ ।मालिका गाउँपालिकाले पन्ध्र हजार रुपैयाँ, लायन्स कल्व अफ दरवाङ म्याग्दीले १४ हजार ३३०, प्रगतिशिल आमा समूह दिच्यामले पाँच हजार र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाले त्रिपाल, लत्ताकपडा र भाडाकुडाँ लगायत जिन्सी सामग्री राहत उपलब्ध गराएका हुन् ।


मालिका गाउँपालिका ६ दरवाङका वडा अध्यक्ष तथा लायन्स कल्व अफ दरवाङ म्याग्दीका अध्यक्ष सन्तोष सुवेदी, गाउँ कार्यपालिका सदस्य गौमती चपाई, वडा सदस्य कर्णबहादुर रोकाले बिहीबार नगद तथा जिन्सी सामग्री हस्तान्तरण गर्नुभएको थियो । पुष ८ गते आगोलागी हुँदा भण्डारीको घर जलेर क्षति पुगेको थियो ।