बेनी नगरपालिका ३० वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

  • २५ पुष २०७५, बुधबार
  • धिरन खत्री
  • 1699 पटक पढिएको

बेनी, २५ पुस ।बालशिक्षालाई प्रभावकारी बनाउन बेनी नगरपालिकाले ३० आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री (किटक्याट) वितरण गरिएको छ। शिक्षण विधिलाई प्रभावकारी र ब्यवहारिक बनाएर गुणस्तर शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बुधबार नगरपालिका सामाजिक विकास संयोजक एवम वडा  ४ का वडाअध्यक्ष गोविन्द्र पौडेल र स्रोतब्यक्ति मोहन बाँनियाले वडा नम्वर १० स्थित रहेको विद्योदय आधारभूत विद्यालयका प्रअ गोविन्द्र पौडेल र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बुढाथोकीलाई किटक्याट सामाग्री हस्तान्तरण गरिएको छ ।


विद्यालयमा रहेको बालकक्षालाई प्रभावकारी रुपमा संचालन गर्नका लागि ४० थान किटक्याटका सामाग्री रहेको झोला विद्यालयलाई उपलब्ध गराईएको सामाजिक विकास संयोजक पौडेलले बताए । अहिल्य ३० विद्यालयलाई छनोट गरि वितरण गरिएको छ। भने आगामी आर्थिक बर्षमा बाँकी २१ ओटा विद्यालयलाई उपलब्ध गराउने नगरपालिकाले जानकारी दिएको छ। विद्योदय विद्यालयका प्रअ गोविन्द्र पौडेलले विगत लामो समयदेखि बालकक्षा संचालन गरिएपनि आवश्यक पुर्वाधार र तालिमको अभावमा बालकक्षाको सिकाई प्रभावकारी नभएको बताउदै आगामी दिनमा प्रभावकारी र गुणस्तर सिकाईमा प्राप्त शैक्षिक सामाग्रीले सहयोग पुग्ने बताए ।

बालकक्षामा अध्ययनरत सानाबालबालिकाई प्रयोगात्मक रुपमा शैक्षिक सामाग्री संचालनका लागि तालिमको पनि ब्यवस्था भएको स्रोतब्यक्ति बाँनियाले जानकारी दिए । पछिल्लो समय सरकारी विद्यालय भन्दा निजि विद्यालयका बालकक्षामा विद्यार्थी संख्या बढेको छ । यसलाई निराकरण गर्नका लागि जनप्रतिनिधिले शैक्षिक सामाग्री वितरण र तालिम ब्यवस्थामा स्थानीय तह लागेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l