माओवादी केन्द्रको धौलागिरी गाउँपालीका अध्यक्षमा यामन रोका

  • ३१ चैत्र २०७३, बिहीबार
  • 3339 पटक पढिएको

म्याग्दी, ३१ चैत । नेकपा माओवादी केन्द्रको धौलागिरी गाउँपालीकाको बुधबार सम्पन्न प्रथम सम्मेलनबाट यामन रोकाको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालीका कमिटी निर्वाचित भएको छ ।


कमिटिको उपाध्यक्षमा गौमाया बिक, सचिवमा झकबहादुर छन्त्याल, कोषाध्यक्षमा रिमप्रकाश थापा र सहसचिवमा किरन थापा रहनुभएको छ । सदस्यहरुमा देवबहादुर थापा, रामबहादुर केसी, फुलबहादुर बिक, केशरबहादुर पुजाृ, यामबहादुर भण्डारी, कृष्ण केसी, चिन्तामणी सुवेदी, राजु हर्मेल, खमबहादुर थापा, भेषक पौडेल, थरेन्द्र रोका, लक्ष्मी केसी लगायत रहुनभएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजन समिति सदस्य देवराज सुवेदीको अध्यक्षता, किरन थापाको सञ्चालन र भेषनाथ गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला ईञ्चार्ज मानबहादुर बुढाले संबिधानमा भएको उपलब्धिको रक्षा, संबिधानको कार्यान्वयन, दिगो विकास र आर्थिक सम्बृद्धीका लागि आगामी स्थानीय तहको निर्वाचनमा माओवादीको जित आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा खुमनाथ सुवेदी, रिमप्रकाश थापा, खमबहादुर थापा, झकबहादुर छन्त्याल, फुलबहादुर बिक लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।