अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  • २४ पुष २०७५, मंगलवार
  • कमल खत्री
  • 1578 पटक पढिएको

 

म्याग्दी, २४ पुस । जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले प्रतियोगिताले विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि प्रदेश र राष्ट्रिय स्तर सम्म पुग्ने अवसर प्रदान गर्न सहयोग पुग्ने बताए । प्रतियोगिता चार दिनसम्म स, चालन हुने प्रतियोगितामा भलिबल, दौड ,कबड्दडी र एथलेटिक्स तर्फ छात्र÷छात्राको विभिन्न १५ वटा बिधाका खेल सञ्चालन हुने कार्यपालिकाको सामाजिक विकास समितिको संयोजक ओमप्रकाश फगामीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, दितृय र तितृय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, कप र मेडल सहित क्रमश ः पचास हजार, पच्चिस हजार र पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थी र दानामा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्कने झाँकी सहितको ¥याली आयोजना गरिएको थियो ।

पालिका स्तरबाट छनौट हुने खेलाडीहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर दिइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । उनका अनुसार, अन्नपूर्णले पहिलो पटक स्थानीय तहमा रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो ।यसअघिका वर्षमा जिल्ला स्तरमा मात्र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास परिषद्ले सबै स्थानीय तहलाई एक लाख रुपैयाँ पठाएको छ । अन्नपूर्ण गाउँपालिकाले थप पाँच लाख रुपैयाँ बिनियोजन गरेको र प्रतियोगितालाई निरन्तरता दिने गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले जानकारी दिईन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेलले विद्यार्थीहरुमा रहेको प्रतिभाको पहिचान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताका संयोजक एवम गाउँपालिकाका सामाजिक विकास समितका संयोजक ओमप्रसाद फगामीको अध्यक्षता, ज्ञान प्रकाश माविका प्रअ शान्तबहादुर नेपालीको स्वागत र स्रोत व्यक्ति भरत पुनको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l