गुर्जा सेताम्मे हिउँले ढाकियाे (फोटो फिचर)

  • २३ पुष २०७५, सोमबार
  • 2753 पटक पढिएको

म्याग्दी २३ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गयरातीदेखि गुर्जामा हिमपात भैरहेको छ । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे छ । हिमपातले वरीपरीका डाँडाकाँडा सेताम्मे बनेका छन भने गाउँ नै  हिउँले ढाकीएकाे छ । यो बर्षको पहिलो हिमपातले कृषकहरु भने उत्साहित बनेका छन् ।

हिमपात भएपछि जमेको हिँउ पग्लीएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने भएपछि कृषकहरुको लागि हिमपात लाभदायी हुने गरेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

गुर्जा संगै म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ । अत्यधिक बढेको चिसोले पानी जमेपछि घोडेपानीका होटल व्यवसायिहरु समस्यामा परेका छन् । चिसोले मुहानको पानी नै जमेर बरफ बनेपछि पिउने र सरसफाईका लागि पानीको समस्इा भएको स्थानीय पर्यटन व्यवसायि विरेन पुनले बताउनुभयो ।

यता हिमाल पारिको जिल्ला भनेर परिचित मुस्ताङका सबै क्षेत्रमा हिमपात भएको छ । यो बर्षको पहिलो हिमपात भएपछि स्याउ, जौ र उवा खेती गर्ने कृषक खुसी भएका छन् । हिउँमा खेल्नको लागि पर्यटकरु समेत बढ्नेभएपछि पर्यटन व्यवसायिहरु समेत उत्साहित बनेका छन् ।
तस्बिर : गुनराम छन्त्याल, गुर्जा