कराँतेमा स्वर्णपदक विजेता निर्मललाई राखुमा वडा कार्यालय र आमासमुहद्वारा सम्मान

  • २२ पुष २०७५, आईतवार
  • धिरन खत्री
  • 2399 पटक पढिएको


म्याग्दी, २२ पुष ।  स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिका–२ राखु भगवतीको वडा कार्यालयमा जनप्रतिनिधि, समाजसेवी र आमासमुहको उपस्थितमा सम्मानपत्रले सम्मान गरिएको छ। भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक जितेका कटुवाललाई जन्मगाउँमा वडा कार्यालयले नगदसहित सम्मान गरेको हो ।


भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि भएर च्याम्पियनसिपको उपाधी जितेका थिए । स्वर्णपदक जितेर पहिलोपटक जन्मगाउँ पुगेका कटुवाललाई वडा कार्यालय, वडा अध्यक्ष रिमबहादुर कुटवाल र नमुना आमासमुहले नगदसहित सम्मान गरेको हो ।


वडाअध्यक्ष कटुवाल, वडा सदस्य रसिला परियार र वडासचिव वलराम पौडेल, राजनीति दलका प्रतिनिधि र जेष्ठ नागरिकको उपस्थितमा फूलमालाले सम्मान गरेका हुन् । सम्मान कार्यक्तममा भगवतीका ९७ बर्षिय जेष्ठ नागरिक भिमबहादुर कटुवालको उपस्थित गरेको छ ।
वडा अध्यक्ष कटुवालले ब्यक्तिगत १० हजार, वडा कार्यालयले ५ हजार र नमुना आमासमुहले नगदसहित सम्मान गरेका थिए ।

सो सम्मान कार्यक्तममा स्वर्णपदक विजेता कटुवालले जन्मगाउँ र जिल्लाको सम्मानले आगामी दिनमा हुने अन्तराष्ट्रिय करातेमा थप जिम्मेवार बनाएको बताउदै सबैलाई धन्यवाद दिएका थिए । बालबच्चालाई समुदायमा अनैतिक गतिविधिबाट मुक्त गराउन खेलकुद सहभागि हुने वातावरण निर्माण गर्न आवश्यक पुर्वाधार निर्माणमा सबैले ध्यान दिन आग्रह गरेका थिए । वडा अध्यक्ष कटुवालले स्वर्णपदक जितेर जन्मगाउँ, जिल्ला र नेपालको नाम राखेको बताउदै आगामी दिनमा निरन्तरता लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


म्याग्दीबाट प्रतिनिधित्व गर्दै पहिलोपटक पश्चिमाञ्चलस्तरीय हेभि तौलमा सहभागि भएर स्वर्णपदक जितेका थिए । पश्चिमाञ्चलबाट राष्ट्रियस्तरमा सहभागि भएर ३ गोल्डमेडल, ४ ओटा कास्यपदक र ५ ओटा रजत पदक जितेका थिए । दुईबर्षदेखि केसीले पोखरमा कराते सिकाउदै नयाँ खेलाडी उत्पादन गर्दै आएका छन्। वडाअध्यक्ष कटुवालको अध्यक्षतामा भएको कार्यक्तमको संचालन सचिव वलराम पौडेलले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l