मृत्यूसंग एकछिन – १ (कथा)

  • २२ पुष २०७५, आईतवार
  • 3162 पटक पढिएको

अढाई वर्षको दुधेवालकले आफ्नो छाति नचुसेको दुईदिन भइसकेको थियो । अस्पताल लैजाने कुनै प्रचलन नै थिएन । धामि–झाँक्रि, झार–फुक, तन्त्र–मन्त्र कै विश्वास थियो । आज भन्दा भोलि भोलि भन्दा पर्सि वच्चा असध्यै भइसक्यो । दिनानुदिन निटेक हुदै गइरहेको त्यो डेढवर्षे वालक अनि उस्ले चुस्नुपर्ने टनानट ढाडिएका छाति यो पिडा अरु कुनैपनि ब्यक्तिले सहन गर्न र अनुभव गर्नै नसकिने पिडा । त्यसमाथि यो वच्चा जन्मनुभन्दा पहिलानै विभिन्न चरणका ३ गर्भ अस्तित्वमै आउन सकेका थिएनन् आमाले अनुभव गर्नेवाहेक ।

सुनसान क्षेत्रमा वनेको एउटैमात्र घर त्यो पनि पारिवारीक तिरस्कार सहितको वावुआमाले त्यो पिंडा भुल्न सक्ने अवस्था त थिएन नै त्यसैमा यो अकल्पनिय घटना । त्यस फुसको छानाको घर, एउटा कुनामा आमा झण्डै मुर्छित अवस्थामा वरवराइरहेकी छन् । वच्चाले चुस्नुपर्ने छाति चुस्न नसकेकोले चर्केको पिडा र अर्काे क्षेउमा सेतो कपडाले वेरेर छेउ लगाएको वच्चा । सन्नटा छाइरहेको छ विहानको नौ वज्यो तर मनमा उल्लास भएपो सांसारीक उज्यालोको अर्थ हुदोरहेछ ।

पिंडाको पनि स्तर हुदोरहेछ क्यारे जति असहैय आमालाई भएको छ त्यो पिडा पुरुष भएकोले रुन नहुने हाम्रो समाजको डरले होला वावुको अनुहारमा मुस्कीलले देखिन्छ अरुको तर लोकाचार मात्रै । केहिछिन मा सदाको लागि विदाइ गर्ने तयारीमा वावु लागिरहेका छन् अनी खाल्डो खन्ने खन्ती खोज्ने जिम्मा वावुलाईनै छ र त वावुका पछि यमजारका दुतहरु कोहि हजुरवावुको भेषमा त कोहि काका, कोहि छिमेकीको भेषमा केही छिनमानै वरी–परी नाच्न थालिसके ।
आमा घरीघरी झस्कदै चकटी गुन्द्रिमा राखिएको सेतो कपडाले पुरै ढाकिएको दुई घण्टा अगाडि सम्म आफ्नो काखमा राखेको र निरिह टोलाएको अव यमराजकहाँ लाने तयारी भइरहेको वालकलाई हेर्न पुग्छीन, अरु कसैलाई त्यो हेर्ने फुर्सद छैन जतिकस्दो छिटो अन्तिम यात्रामा निकाल्न सवैलाई हतार भइरहेको छ तर ं! तर ति आमा जस्लाई यो सन्सारै भासिएसरह भइरहेको छ ति वरीपरी डुल्ने यमदुतहरुसंग रिस उठिरहेको छ र पनि केहि गर्न सक्दीनन् होसखुलेको वेला दुइथोपा आसु झार्ने वाहेक ।

भन्छन्, के गर्ने त यसको भाग्यमा यस्तै लेखेको रहेछ यो तेरो सन्तान होइन, तेरो कोखवाट वाहिर आउनमात्र खोजेको अरुकसैको नासो हो यो त्यसैले आयो अनी गयो । तर आमा मान्न तैयार छैनन् किन सवैलाई मेरो कोखवाट आएर अन्यत्र जानुपर्ने के अरुको कोख छैनन् आमालाई मनमनमा उब्जने यी प्रश्नरुपि तिखा वाणले कोपिराखेका छन् र त आखावाट वलिन्द्रधारा आशु रुपि रगत वगीरहेको छ भेल वनेर ।

आमाको त्यो पुकारा कसैले सुन्नेवाला छैन सुनेर पनि केहि हुने छैन किनभने त्यो निर्जिव वस्तुमा परिणत भइसकेको अढाइवर्षे मायाको पिण्ड अव फेरी फर्कने छैन ति छाति त्यसै सुक्न विवश हुनेछन्, ति आशुका भेलले ममता, वात्सल्यता वगाउदै लगेर अनन्तमा पु¥याउने छन् त्यसको लागी अव ति यमदुतहरु तैयारी अवस्थामा वसिसके र भन्नलागे अव चिन्ता नलिनु रोएर केहि हुदैन त्यो आवज संगै आमाको मातृवात्सल्य दृष्टी फेरी ठोकियो त्यही वस्तुमा जुन केहि क्षणमा अलप गराउदै थिए । तर तर कसैको दृष्टी नपुगेको ठाउँमा आमाको आखा परे आमाको आखाले देख्ने कुरा अरु कसैले देख्न सक्दारहेन्छन् अव अनन्तको यात्रामा लान लागेको त्यस वच्चाको हातको औला हल्लेको देख्ने फुर्सद आमालाई वाहेक कसैलाई नहुँदो रहेछ । हो आमाका आखाले कदापि धोखा दिदैनन् ।

आमाको ममताको अगाडि धर्म र विज्ञान दुवै फिका हुन्छन् त्यही भयो आमाले देख्नुभयो कि मेरो वावु जिउदै छ । ए यमदुतहरु मेरो छोरालाई तिमिहरुले लान सक्दैनौ । मैले जिते हेर मेरो वावु जिउदै छ । आमाका सुकिसकेका आखावाट फेरी आशुको सहस्रधारा वर्षे तर खुसिका । नपत्याएपनि हेर्न कर लाग्यो हो वच्चाको नाडि चल्नथाल्यो, हो वच्चाको आखाँको तरेली हल्लेको छ अन्ततः आमाको जित भयो । आमाको छाति वर्षायामको पहरा झै वहन थाले काखमा लिएर आमाको छातिको अमृत पान भयो यमदुतहरुलाई त्यस अमृतले सहजै लखेट्यो र त आज सम्म धेरैपटक यमराजले आफुसंग लानको लागि प्रयास गरेका ग¥यै छन् र पनि मेरी आमाको अगाडी यमराज निरीह वनेका छन् ।
हतास आत्रेय(२०७५ पौष२१, शनिवार)