मृगौला पीडित पुनलाई बहराइनबाट ४३ हजार सहयोग

  • २९ चैत्र २०७३, मंगलवार
  • 1671 पटक पढिएको

म्याग्दी, २९ चैत । दुवै मृगौला खराव भएका म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका बाबुराम पुनको उपचारका लागि बैदेशिक रोजगारीका क्रममा हाल बहराइनमा रहेका यामवहादुर रानाले ४३ हजार ६ सय १५ रुपैयाँ सहयोग गर्नुभएको छ ।   बहराइनमा रहेका नेपालीहरुसंगबाट चन्दा संकलन गरी रोनाले पठाएको रकम रानाका बुबा लक्ष्मण रानाले पीडित पुनका बुबा रत्नवहादुर पुनलाई हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक अवस्था कमजोर भएका पुनको आर्थिक  अभावका कारण उपचारमा समस्या भइरहको जानकारी पाएपछि रानाले बहराइनमा सहयोग संकलन अभियान संचालन गर्नुभएको थियो ।    पाँच वर्षदेखि मृगौला पीडित पुनको उपचारका लागि स्थानीय धनवहादुर श्रीषको संयोजकत्वमा आर्थिक सहयोग संकलन समति गठन गरि संकलन गरिएको ३० हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । पुनको हाल पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।