बाबू तिमी फर्केर आउ

  • २० पुष २०७५, शुक्रबार
  • 3004 पटक पढिएको


बाबू तिम्रो तस्वीर हेरेर बसेको
पनि वर्सौ भइ सक्यो…!!

तिमी हामी बाट छुटीएर गयो त्यो दिन
अझै मलाइ याद छ ….!!

तिम्रो कोमल आँखा भरी आँसु थिए
मेरो छातीमा टासिएर रोएको पल
सपना झै लाग्छ अझै पनि….!!

कति भक्कानिएर रोएको थियौ अनि
बा र आमा सङ तिमीलाइ छुटिन
धेरै गारो भएको थियो……!!!

मैले पनि मेरो कोमल मुटु माथी ढुङ्गा राखी
तिमीलाइ बिदाइको हात हलाएको थिए….!!

किन कि तिमी आफ्नो सुन्दर भबिस्य
बनाउन हामीले कल्पना पनि नगरेको
पराइको देश जाँदै थियौ…!!

तिमी लाई तेहा सम्म पुर्याउने हाम्रो हैसियत थिएन
तर आफ्नो मेहनतले इस्कलरसीप मा नाम निकायौ…. बाबू !!

त्यो दिन हाम्रो गाउँ मा कत्रो इज्जत भएको थियो
कि एउटा झुपडी मा पनि ईश्वरको हात दाहिना भएछ।

हामीले जीवनको धेरै आयामहरु दुखै- दुख मा काटे पनि
तिमीलाइ कहिले दुख हुन दिएनौ…. बाबु

तिम्रो जीवन , हाम्रो जस्तो अभाव र दुखमा नबितोस
भनेर ..बाबाले आफ्नो भाग मा पाउनु भएको गैरी खेत
बन्धकी राख्नु भएको थियो …!!

आज सम्म तिम्रो बाबाको शरीर मा एक जोर नया
सर्ट परेको छैन.. उही अरुले जडौली बनाएए
दिएको लुगा लगाएर जीवन बिताउनु भयो… बाबू

तिम्रो सपना पूरा गर्न हामीले कहिले रोकेनौ
बरु तिम्रो हर चाहना पुर्न के सम्म गरेनौ बाबु..!!

तिमी उच्च शिक्षा हासिल गरि आफ्नो गाउँ अनि ठाउँ मा
आइ के -के गर्छु भन्थ्यो ..गाउँ भरी का भुन्टाभुन्टीहरुलाइ
बटुलेर आफ्नो भबिस्यको योजना बताउने गर्दथ्यौ!!

बाबू खै कहाँ गए …?तिम्रो ती सपनाहरु
पराइको मायामा परेर हो कि ..रङिन शहर मा
पसेर गाउको उकाली ओरोली भुलेको ?

तिमी रमाएको शहर मा जस्तै ..रातमा नि दिन हुने
बत्ती हरु पोल मा गाढिएका छैन..

150 को भन्दा बढी स्पिड मा गाडी हुक्ने
चिल्ला र सफा र फरकिला सडक हरु छैन।

सपिङका गर्नका लागि भाटभाटेनी र बिग मार्ट
र डिपार्ट मेन्ट स्टोर हरु छैनन…!!

हामी त उहीँ बेला देखि मट्टीतेल हालेर टुकी बाली रहेको छौ..!!
तेसले बाहिर त के.. एउटा कोठा मा उज्यालो दिन धौ-धौ पर्छ।

कहाँ हुनु तेती फराकिलो बाटो ..गाउबस्तु चरन मा जादा नि
लडेर खोला पुग्लान कि भन्ने पिर लाग्छ

तिमी सानो हुदा बुवाको लागि चुरोट
अनि नुन,तेल लिन कुदेर जाने…

गाउँ मा उहीँ साहिली बाजैको पुरानो घुम्ती
पसल छ।बाबू गाउँ मा अझै केही फेरिएको छैन

खै किन तिम्रो मन तेसरी फेरियो .. किन हामीलाई यसरी
माया चटकै मार्यौ..

हामी लाई त तिम्रो यादले यति सताउछ कि
परी डाडामा कसैको धमिको आकृति देखे पनि

तिमी नै पो आयौ कि भनी साझ सम्म दोबाटो मा कुरी बस्छौ
तर गाउँबाट पदेश गएका सब फर्किए… तर तिमी कहिले फर्किएर
आएनौ…😭😭😭

हाम्रो बुढेस काल को साहरा बाबू एक पटक तिम्रो
मुख हेराउन भए नि फर्केर आउ..
तिम्रो मुख मात्रै देख्न पाए यो आत्माले मरे पछी पनि
शान्ती पाउने थियो कि😭😢😢😢………..

तेसै मेरो मुटुको टुक्रा ,मेरो बाबू तिमी फर्केर
आफ्नो घर आउ..बाबू तिमी आउन है

अन्सु कार्की  

पुस  २१ गते

मानवसेवा आश्रम ,ललितपुर  शाखा  ।