मुस्ताङको प्रचार गर्न गित विमोचन

  • २९ चैत्र २०७३, मंगलवार
  • 3517 पटक पढिएको

म्याग्दी, २९ चैत । मुस्ताङको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको गिती एल्बम हाम्रो मुस्ताङको मंगलबार बिमोचन भएको छ ।     थकाली समुदायको उद्गम स्थल मानिने घरपझोङ गाउँपालीका ५ ठिनीमा सुरु भएको १२ वर्षे मेलाको अवसरमा सांसद श्रीमाया थकालीले एल्बमको बिमोचन गर्नुभएको हो । सात वटा गित रहेको एल्बममा समावेश भएका तिन वटा गित मुस्ताङ संग सम्बन्धित छन् ।


चलचित्र निर्माता बादल थकाली र सञ्चारकर्मी निरज थकालीको सो एल्बमका गितमा टिका प्रसाई, कृष्ण काफ्ले, रेश्मा पुन, लेखराज गुरुङ, राजेश पायल राईको स्वर रहेको छ । मिलन मोत्तानको संगित र विपीन किरन गितकार रहेको गितमा मुस्ताङको पर्यटकीय, धार्मीक स्थल, कला, संस्कृतीको उजागर गर्नुका साथै कोरला नाका खोल्नलाई आव्हान गरीएको छ ।  

गितको माध्यमबाट आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य रहेको निर्माता निरज थकालीले बताउनुभयो । गितको छिट्टै म्युजीक भिडीयो समेत तयार पार्ने उहाँले जानकारी दिनुभयो । ठिनी गाउँ समाजले आयोजना गरेको मेलाको उद्घाटन गर्दै सांसद थकालीले मुस्ताङको प्रचारप्रसार गरी आन्तरीक पर्यटक भित्र्याउन तथा कोरला नाका सञ्चालनमा ल्याउन दवाव पुग्ने बताउनुभयो ।