बद्रि पंगेनीको ‘गुन्द्रीमा दरी’ बजारमा (भिडियो सहित)

  • १९ पुष २०७५, बिहीबार
  • 2508 पटक पढिएको


तिलु शर्मा पौडेल /कतार, १९ पुष । नेपाली सांगीतिक फाँटमा दैनिक दर्जनको हाराहारीमा लोक दोहोरी गीतहरु भिडियो डिजिटल सहित बजारमा आईरहेका छन् । कतिपय भिडियो भने निकै प्रतिक्षित हुने गरेका पनि छन् । तर दुइ दशक देखि लोक गित संगीतको क्षेत्रमा निरन्तर सक्रिय लोक तथा दोहोरि गायक बद्रि पंगेनीको निकै प्रतिक्षा गरिएको ‘गुन्द्रीमा दर्री’ बोलको पन्चेबाजाको गित पंगेनीको आफनै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । लगनको महिनालाइ लक्षित गरि सार्बजनिक भएको गीतमा स्वस्तिका तिम्सिनाले स्वरमा साथ् दिएकी छिन् भने शिब तिम्सिनाको प्रस्तुति रहेको छ । उक्त गित फोटो हेरेर केटी माग्न मामासंग जादा हुने रोमान्टिक बिषय बस्तु सहित भबिस्यमा आफ्नो चाहना सहितको कथामा रहेर तयार गरिएको छ ।

चर्चित गीतकार एक नारायण भण्डारीको शब्द सङ्गीत रहेको गीतमा संकर बिसी, महेन्द्र गौतम र रश्मी तामाङले अभिनय गरेका छन । दुर्गा पौडेलको छायांकन नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोको दृश्य निर्माण कृष्ण फिल्मस् एडभरटाईजीङ्ले गरेको छ । भने भिडियो निर्देशन बिसिले गरेका छन् ।