अन्तत प्रहरी प्रमुख छानिए , प्रहरी आईजीपीमा प्रकाश अर्याल नियुक्त

  • २८ चैत्र २०७३, सोमबार
  • 2287 पटक पढिएको

२८ चैत, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्याल बढुवाको पत्र बुझ्न केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्दैछन् ।यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो मन्त्रिपरिषद्को बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको छ । कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख थिए ।

उनीहरुले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको एक मन्त्रीले बताए । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यसम्पादनमा पहिलो हुनेलाई आईजीपी बनाउन निर्देशन दिएको थियो । Source:onlinekhabar.com