म्याग्दीका भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

  • २८ चैत्र २०७३, सोमबार
  • सन्तोष गौतम
  • 2298 पटक पढिएको

बेनी २८ चैत । म्याग्दीका भूकम्पपीडितसँग करिब २ वर्षपछि सोमबारदेखि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याग्दीका सबै गाउँ तथा नगरपालीकाको वडा कार्यालयबाट भुकम्प पिडितहरुसंग सम्झौता गर्न थालेको हो । २०७४ बैशाख १२ गतेभित्र लाभग्राहीको खातामा पहिलो किस्ताको पचास हजार रुपैया अनुदान जम्मा गर्ने लक्ष्य सहित अनुदान सम्झौताको काम तिब्र रुपमा अघि बढाएको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको राष्ट्रिय पुननिर्माण आयोजनाका मूल्याङ्कन बिशेषज्ञ डाक्टर योगेन्द्र रिजालले बताउनुभयो ।

२०७२ बैशाख १२ गतेको भुकम्पका कारण म्याग्दीका एक हजार ४०५ निजी घरमा क्षत्ती पुगेको तथ्याङ्क छ । लाभग्राहीसंग गरिएको सम्झौताको आधारमा जिल्ला समन्वय समितिको सिफारीरमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पिडितको बैङ्क खातामा चार चरणमा तिन लाख रुपैया जम्मा गराइने विशेषज्ञ रिजालले बताउनुभयो । म्याग्दीका पिडीतहरुका लागि ग्लोवल आईएमई बैङ्कको शाखामा अनुदान प्रयोजनको लागि मात्र खाता खोल्ने व्यवस्था मिलाइएको छ । दोस्रो, तेस्रो र चौथो किस्ता पाउन लाभग्राहीले सरकारले तोकेको मापदण्ड अनुसारको भवन निर्माण र प्रक्रिया पु¥याउनुपर्ने छ ।

जग हालेपछि दोस्रो किस्तामा एक लाख पचास हजार, छाना छाउनुअघि तेस्रो किस्ता वापत ७५ हजार र शौचालय तथा बैकल्पीक उर्जाको व्यवस्थाका लागि २५ हजार रुपैया अन्तिम किस्ता उपलब्ध गराइने बिशेषज्ञ रिजालले बताउनुभयो । आवास पुननिर्माण गरिसकेका भुकम्प पिडितले अनुदान पाउन भवन तोकिएको मापदण्ड अनुसारको भएको प्राबिधिकबाट प्रमाणीत र सिफारीस गराउनुपर्नेछ । पुननिर्माण कार्यलाई प्रभावकारी बनाउन जती जस्तो छिटो अनुदान सम्झौता गर्न जिल्ला समन्वय समितिले लाभग्राहीहरुलाई अनुरोध गरेको छ ।

म्याग्दीका अधिकांश भुकम्प पिडितहरुले निजी आवास पुननिर्माण गरीसकेका छन भने केही मात्र अस्थाई टहरामा बस्दै आएका छन् ।
अनुदान वितरण प्रक्रियामा ढिलाई भएपछि आफ्नै तरीकाले घर पुननिर्माण गरेको पिडीतहरुले बताएका छन् । सरकारले उपलब्ध गराउने अनुदान रकम न्युन र प्रक्रिया झञ्जटिलो भएको गुनासो गरेका छन् । कतिपय पीडितले घर बनाइसकेको भए पनि भूकम्प प्रतिरोधी भयो या भएन भन्नेबारे जानकारी नपाउँदा राहत पाउनेमा अन्यौलमा रहेको छ ।

सन्तोष गौतम