ने.बि संघद्धारा १० हजार बराबरको पुस्तक हस्तातरण

  • २८ चैत्र २०७३, सोमबार
  • राकेश शर्मा
  • 2007 पटक पढिएको

म्याग्दी, चैत २८ ।नेपाल बिद्यार्थि संघ म्याग्दीले मंगला गाउँपालिका अन्तरगत बाबियाँचौरमा रहेको मंगला  शिक्षा क्यापसमा १० हजार बराबरको पुस्तक हस्तातरण गरेको छ । ने बि संघले २०६९ साल माघमा “जहाँ विद्यालय त्यहाँ ने बि संघ जहाँ नेबिसंघ त्यहाँ पुस्ताकालय” भन्ने नारा सहित  स्थापना गरेको पुस्ताकालयमा क्यापसमा अध्ययनरत विद्यार्थिका लागी  अति आवश्यक परेका बिएड प्रथम, द्रोस्रो र तेस्रो बर्षका बिद्यार्थिका लागी पुस्तक हस्तान्तरण गरेको हो ।


संघले पुस्ताकालय स्थापना देखी प्रत्यक बर्ष पुस्तक हस्तातरण गदै आएको छ ।  नेबिसंघ मंगला शिक्षा क्यापस एकाई समितीको आयोजना भएको कायर्यक्रममा प्रमुख अथिती रहेका नेबिसंघका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भरत बहादुर रकाले नेबिसंघले सधै बिद्यार्थिको मर्कामा साथ दिएको बताउनुभयो ।
क्यापसका बिद्यार्थि मन पुर्जाले स्वागत गरेको कार्यक्रमा नेबिसंघका क्यापस एकाईका सभापति रोशन अधिकारीको सभापतित्व रहेको कार्यक्रममा क्यापस संचालक समितीका अध्यक्ष पदम बहादुर खत्रि, क्यापस प्रमुख कासीराम गौतम, म्याग्दी क्यापस नेबिसंघ ईकाइ सभापती निर्मल खत्री, नेपालि काँग्रसका जिल्ला सदस्य धु्रर्व केसी, नेबिसंघका पुर्व सदस्य सुरेन्द्र केसी, नेपालि काग्रेस बाबियाचौरका सभापती नरसिङ केसी, म्याग्दी क्यापस नेबिसंघका सचिब हरिकृष्ण आचार्य, स्ववियु सभापति अनिशा भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।

राकेश शर्मा