कुहुँमा माओवादी केन्द्रको वडा सम्मेलन

  • २८ चैत्र २०७३, सोमबार
  • 2686 पटक पढिएको

म्याग्दी, २८ चैत । मंगला गाउँपालीका १ कुहुँमा सम्पन्न नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट दिलबहादुर किसानको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा केशव पुन, सचिवमा पृथीलाल बिक, सहसचिवमा बलबहादुर पुन र कोषाध्यक्षमा इनदेवी जुक्जाली रहनुभएको छ । सदस्यहरुमा वर्णसिङ पुन, लालमाया श्रीपाली, खिमकुमारी जुक्जाली, माया परियार, गिता केसी, हिराबहादुर बिक, गिरु प्रियार, टेकमान श्रीपाली, बमबहादुर शेरपुञ्जा, नवीन किसान, जसबहादुर किसान र प्रकृती बस्याल रहनुभएको छ ।


सोही सम्मेलनले दलित, युवा, जनजाती, महिला, शिक्षक र विद्यार्थी बिभाग समेत गठन गरेको छ । सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता देवराज सुवेदी, गाउँपालीकाका अध्यक्ष चन्द्रप्रसाद बुढाथोकीले माओवादीले जनयुद्धमा उठाएका अधिकांश एजेण्डा संबिधान मार्फत स्थापित भई सिंहदरबारको अधिकार, सेवा र सुबिधा गाउँमा आईपुगेकाले संबिधानको कार्यान्वयन, विकास र सम्बृद्धीका लागि स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव हुमनाथ पाण्डे, माओवादी केन्द्र म्याग्दीका सल्लाहकार यामकुमारी पुन, खड्गबहादुर पुर्जा, गाउँपालीका कोषाध्यक्ष मनबहादुर मगर, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेल, वाईसीएलका पृथीलाल बिकले मन्तब्य व्यक्त गर्नुभएको थियो ।