बेनीमा मिनी म्याराथन, आर्य र करुणा भए बिजयी ( फोटो फिचर)

  • १५ पुष २०७५, आईतवार
  • कमल खत्री
  • 1920 पटक पढिएको

म्याग्दी, १५ पुस । म्याग्दी सदरमुकाम बेनीमा आईतवार अन्तर मावि स्तरीय मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । लिटल गार्डेन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ८ किलोटिर दुरीको मिनी म्याराथन दौड प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका आर्य खत्री प्रथम हुन सफल भएका छन् । उनले २६ मिनेटमा दौड पुरा गरेका थिए ।


त्यस्दै माउण्ट एभरेष्ट आवसिय माविका नविन रोकाले २७ मिनेट र मंगला मावि बाबियाचौरका महेन्द्र पुनले २७ मिनेट ५० सकेण्डमा दौड पुरा गरी क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका छन् । त्यसैगरी छात्रा तर्फ जनकल्याण मावि पुलाचौरकी करुणा बानिया“ले ३१ मिनेटमा मिनी म्याराथन दौड पुरागरी प्रथम हुन सफल भएको विद्यालयका प्रिन्सिपल खुमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार, बेनी सामुदायीक माविकी सोनिया बरुवालले ३३ मिनेटमा र गलेश्वर आदर्श माविकी डिम्पल गुरुङले ३५ मिनेटमा दौड पुरागरी क्रमशः दोस्रो र तेस्रो हुन सफल भए । प्रतियोगितामा जिल्लाका विभिन्न १२ माध्यामिक विद्यालयका छात्रछात्राहरुले सहभागीता जनाएको प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुन सफल धावकहरुलाई क्रमश नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

बेनी स्थित गणेशटोलबाट सुरु भएको दौडमा भाग लिएका विद्यार्थीहरुले बेनी हूँदै गलेश्वर पुगेर पुनः बेनी बजारलाई फन्को मारेर म्याराथन पुरा गरेका थिए । बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले दौड प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभाको पहिचान हुने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल केसी, संस्थापक निर्देशक बालकृष्ण सुवेदी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्मा र श्रोत व्यक्ति मोहन वानियाँले नगद सहित पुरस्कृत गरेका थिए । प्रिन्सीपल केसीको अध्यक्षता र शिक्षक सुजता सुवेदी रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l