शिद्धबाबा आधारभूत विद्यालयमा हुने ‘महायज्ञ’को तयारी पुरा

  • १५ पुष २०७५, आईतवार
  • धिरन खत्री
  • 2113 पटक पढिएको

बेनी, १५ पुस । पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँटमा संचालित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबार देखि सुरु हुने ‘महायज्ञ’को तयारी पुरा भएको छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको तयारी पुरा भएको हो ।


२०६८ सालदेखि विद्यार्थी अभावका कारण बन्द भएको विद्यालयलाई गुणस्तरीय सेवासहित पुर्ण सुचारु गर्ने उद्देश्यले पुस १६ गते देखि २३ गते सम्म संचालन हुने महायज्ञको तयारी पुरा भएको महायज्ञ मूल समितिका संयोजक हिराबहादुर बरुवाले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।


विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार, नीजि स्रोतका शिक्षकको तलव र भत्ता ब्यवस्थापन र तह थप गर्नका लागि आयोजना गरिएको महायज्ञको तयारी पुरा भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् महायज्ञ मूल आयोजक समितिका संयोजक बरुवालले बताए ।
पण्डित कमलनयन गौतमद्धारा कथाबाचन हुने धन धान्याञ्चल ज्ञान महायज्ञमा १ करोड भन्दा बढी संकलन गर्ने लक्ष रहेको महायज्ञका प्रचारप्रसार संयोजक कृष्ण जिसिले जानकारी दिए । प्रचारप्रसार, विद्यालय प्राङ्गरणमा आवश्यक पुर्वाधार निर्माण अतिथि ब्यवस्थापन लगायतको तयारी पुरा भएको संयोजक जिसिले जानकारी दिए ।


महायज्ञबाट संकलन भएको रकमबाट भौतिक पुर्वाधारको स्तरउन्नती, प्रत्येक बर्ष कक्षा थप, अग्रेजी नेपाली माध्यमबाट पठपाठन, कम्प्युटर शिक्षा, आधुनिक पुस्तकालय, स्वच्छ वातावरणमा पठनपाठन निर्माणका लागि खर्च गरिने समितिका सचिव मुकुन्द बैरागीले जानकारी दिए ।
स्थानीयबासीको पहलमा २०७४ सालदेखि बालकक्षा सुरु गरिएको थियो। १ सम्म अध्ययनरत विद्यालयमा हाल ४१ जना विद्यार्थी अध्ययनरत छन् । दुई जना नीजि र १ जना दरवन्दी शिक्षकले पठनपाठन गराउदै आएका छन् ।


महायज्ञमा १ लाख देखि १ लाख ५० हजारसम्म सहयोग गर्नेलाई अक्षकोष स्थापना र परिवारलाई उपस्थित गरेर बर्षैपिच्छे जन्मत्सव, १ लाख ५० हजार देखि ५ लाख सम्म शिलालेखबाट नाम, ५ लाख भन्दा माथि सहयोग गर्नेलाई ताम्रापत्रमा नाम लेख्नेसंगै महायज्ञ सभानायक, बाजागाँजासहित सम्मान, स–परिवारलाई सम्मान रहेको मुल आयोजक समितिले जानकारी दिएको छ । सोमबारदेखि सुरु हुने महायज्ञको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गर्ने छन् । १६ गते विहान १० बजे विद्यालयदेखि बगरफाँट हुदै पर्वत बेनी र म्याग्दी बेनीसम्म कलश यात्रा हुने छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l