माघेसंक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदायबिच भबिबल प्रतियोगिता हुँदै

  • १४ पुष २०७५, शनिबार
  • 3462 पटक पढिएको

म्याग्दी, १४ पुस ।  छारम्हेङ (नयाँ वर्ष) र म्हेलांगे सोङ्ती (माघे संक्रान्ति) पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदाय बिच पुरुष÷महिला भलिबल प्रतियोगता आयोजना हुने भएको छ । नेपाल छन्त्याल संघ कास्कीको आयोजनामा हुने सो प्रतियोगितामा वडा स्तरीय सो प्रतियोगिता आयोजना गरिएको हो ।

संघका संस्थापक संग बहादुर तथब्जाको स्मृतिमा आयोजित प्रतियोगिता ‘‘ मौलिक कला संस्कृतिको संरक्षण राष्ट्रिय खेलाडी उत्पादन हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा पुरुष भलिबलमा प्रथमलाई नगद रु ४० हजार र द्धितियलाई २५ हजार महिला भलिबलमा प्रथमलाई नगद रु ३० हजार र द्धितियलाई २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।

त्यस्तै पुरुष छेलो, महिला छेला, महिला÷पूरुष रस्काकस्सी र २ ए साईट भलिबल लगायतका प्रतियोगिता आयोजना गरिएको नेपाल छन्त्याल युवा संघ कास्कीका अध्यक्ष कुशल घरब्जा छन्त्यालले जानकारी दिनुभयो ।