नेकपा (माओवादी केन्द्र) बेनी नगर समितीको अध्यक्षमा केसी चयन

  • २७ चैत्र २०७३, आईतवार
  • 5517 पटक पढिएको

म्याग्दी, २७ चैत । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटीको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित हुनुभएको छ । आईतवार बेनी नगरपालिका–४ सिंगामा सम्पन्न नेकपा (माओवादी केन्द्र)को प्रथम नगर सम्मेलनबाट सर्वसम्मत रुपमा केसी अध्यक्षमा चयन हुनुभएको हो ।

सम्मेलनबाट केन्द्रको नगर समितिको उपाध्यक्षमा विनोद केसी, सचिबमा कुशल पौडेल, सहसचिबमा ज्योती लामिछाने, कोषाध्यक्षमा भोजबहादुर थापा (कुमार) चयन हुनुभएको छ ।
सम्मेलनबाट चयन भएको ५१ सदस्यीय नगर समितिको सदस्यहरुमा बिरेन्द्रमान शाक्य, यादब सुवेदी, लक्ष्मण शर्मा,  सुदिन पौडेल, अणबहादुर खड्का (भगवान), नगेन्द्र केसी, प्रविण खत्री, गणेश शर्मा, बाबराम कार्की, सेते किसान, कृष्ण पौडेल, सन्तोष ढुंगाना, विदुर किसान, रामु सापकोटा, झलक विक, देवी केसी, गंगाबहादुर बानियाँ, सन्दिप न्युरे लगायत रहनुभएको छ ।

सम्मेलनबाट अध्यक्षमा निर्वाचित केसीले युवाहरुलाई केन्द्रित गरि कार्यक्रमहरुलाई अगाडि बढाउने बताउँदै नगरपालिकामा संगठनलाई बलियो बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा (नेकपा माओवादी) केन्द्रका नेता देवराज सुवेदी, गोविन्द पौडेल लगायतले बधाई मन्तव्य राख्नुभएको थियो । सम्मेलनको नेकपा (माओवादी केन्द)्रका स्थायी समिती सदस्य हितमान शाक्यले उद्घाटन गर्नुभएको थियो ।