म्याग्दीका निर्मललाई साउथ एशियन च्याम्पियनसिप कराँतेको स्वर्णपदक

  • ९ पुष २०७५, सोमबार
  • 2731 पटक पढिएको


म्याग्दी, ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका निर्मलबहादुर केसीले भारतमा भएको साउथ एसियन च्याम्पिपयनसिप करातेमा स्वर्णपदक जितेका छन् । करातेमा खुल्लातर्फबाट सहभागि भएर च्याम्पियनसिपको उपाधी जितेका हुन् ।
भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा सानदार खेल प्रर्दशन गर्दै स्वर्णपदक जितेका थिए ।
राष्ट्रियस्तरमा हुने कराते प्रतियोगितामा सहभागि भएर्र धेरै उपाधी जितेका केसी पोखरमा कराते सिकाउदै आएका छन् । गण्डकी प्रदेशबाट विभिन्न राष्ट्रिय खेलमा प्रतिस्पर्धाबाट सहभागित धेरै राष्ट्रियस्तरको उपाधी जितेका केसीले पहिलो सहभागिमै एशियन च्याप्पियनसिप करातेमा स्वर्णपदक जितेर जिल्लासंगै नेपाललाई शिर उच्च राखेका छन् ।
मुक्तिधाम मावि राखुमा एसइई दिएर अध्ययनको शिलशिलामा पोखरामा बस्दै आएका थिए। अध्ययनसंगै कराते सिक्दै आएका केसीले रािष्ट्रयस्तरको करातेमा राम्रो प्रर्दशन गर्दै आएका थिए । भने उपाधी पनि जितेका थिए । उनले दुई बर्षदेखि पोखरामा कराते सिकाउदै नयाँ खेलाडी उत्पादन गरिरहेका छन् ।