यूएईमा टिकटक समुहको भेटघाट

  • ८ पुष २०७५, आईतवार
  • 2223 पटक पढिएको


तिलु शर्मा पौडेल / कतार, ८ पुष । स्वदेश भन्दा बाहिर रहेर बिभिन्न संघ संस्था खोल्ने र आबद्दता हुने क्रम बढदो छ । यस्तै लहरमा हिजो शुक्रबार युएईमा फरक किसिमको जमघटको आयोजना भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल अन्तर्गत निकै प्रसिद्ध टिक टक प्रयोगकर्ताहरुले दुबईमा भेला सम्पन्न गरेका छन ।
आफ्नो देश छोडेर बिदेशमा मजदुरी गरी बस्ने टिकटक साथिभाईहरुको भेटघाट हुनको लागी टिकटक यूजर्स एमडी बोहरा,नवीन पौडेल, प्रिन्स गेलाल र ओम् प्रकाशले छलफल गरी फिउजन डान्स ग्रूपसंग मिली कार्यक्रमको आयोजना गरेका थिए । सोसियल मीडिया एप टिकटकको लाईफबाटै योजना सार्वजनिक गरिएको थियो ।
उक्त कार्यक्रममा भाग लिन युएईका बिभिन्न शहरबाट टिकटक प्रेमीहरु जाबिल पार्कमा जम्मा भएका थिए । कार्यक्रमले साथीभाईसंगको भेटघाट मात्र नभई सामाजिक कार्यमा पनि सहभागी हुन प्रेरित गरेको आयोजक मघ्यका एमडी बोहोराले बताए । डिसेम्बर २१ मा समपन्न भएको कार्यक्रममा १०० जना भन्दा बढि प्रयोगकर्ताहरुको उपस्थिति रहेको गोपीकृष्ण पंगेनिले जानकारी गराए ।