मौलीक परिकारको ओल्डहाउस रेष्टुरेन्ट एण्ड नेवारी किचन

  • ५ पुष २०७५, बिहीबार
  • 2758 पटक पढिएको


बेनी ५ पुष । म्याग्दीको सदरमुकाम बेनीको गणेशटोलमा युवाले मौलीक खानाका परिकारकोे रेष्टुरेन्ट सञ्चालन गरेका छन् । २७ वर्षीय सिसम श्रेष्ठले ओल्ड हाउस रेष्टुरेन्ट एण्ड नेवारी किचन सुरु गरेका हुन् । मौलिक शैलिको ६० वर्ष पुरानो घरमा आधुनिक संरचना निर्माण गरि सञ्चालन गरिएको रेष्टुरेन्टमा नेवारी खाना र खाजाका साथै विभिन्न परिकारको स्वाद लिन पाइने सञ्चालक श्रेष्ठले बताए ।


४० लाख भन्दा बढी लगानी गरेर ५० भन्दा क्षमताको खाजा, खाना खान सक्ने रेष्टुरेन्ट, प्रवेश गर्ने वित्तिकै पुराना मौलिक मुडुस, माटाका घैटा, गाग्रीहरु सजावट गरेर राखेको देख्न सकिन्छ । आरामदायी कुर्चि टेवल रहेका बारको वरपर म्याग्दीका पर्यटकीय स्थल, मौलिक संस्कृति झल्काउने चित्रहरु राखिएको छ । छिट्टै औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरेका श्रेष्ठले बिदेशको विकल्पमा स्वदेशमै स्वरोजगार बन्ने लक्ष्य सहित व्यवसायमा हात हालेको श्रेष्ठले बताए ।