दग्नाम–चिमखोला जोड्ने सडकमा मन्त्री थापाको पहलमा रु २ करोड बजेट

  • २७ मंसिर २०७५, बिहीबार
  • कमल खत्री
  • 4209 पटक पढिएको

म्याग्दी, २७ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम देखि दरमिजा हुँदै वडा नम्बर ७ चिमखोला जोड्ने सडक निर्माणमा रु २ करोड बजेट विनियोजन भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममायाँ थापाको बिशेष पहलमा सो सडकको ट्याक निर्माणको लागि २ खण्डमा गरि सो बजेट विनियोजन भएको हो ।

अहिले दग्नामको अजिंगर भिर सम्म पुगेको सडक चट्टाने पहाडमा रोकिएको छ । अजिंगर भिर सम्म पुगेको सडकबाट दरमिजा पु¥याउनको लागि मात्रै करिब एक किलोमिटर बढी चट्टाने पहाड फोर्नुपर्ने छ । रघुगंगाको वडा नम्बर ४ दरमिजा, ७ चिमखोला र ८ कुईनेमंगलेबासीको लागि अत्याबश्यक रहेको सो सडक निर्माणमा रघुगंगा गाउँपालिकाले समेत प्राथमिकता दिएको छ ।


बजेट अभाबले सडक निर्माण कार्य रोकिएपछि मन्त्री थापाको पहलमा भौतिक तथा यातयात मन्त्रालयबाट २ खण्डमा एक/एक करोड बजेट विनियोजन भएको मन्त्री थापाका स्वकीय सचिबालयका सदस्य गम बहादुर पुनले जानकारी दिनुभयो । यो सडकको ट्याक निर्माणको लागि आबश्यक बजेट व्यवस्थापनमा मन्त्री थापा संगै म्याग्दीका प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापा लागीपरेको उहाँले बताउनुभयो ।


त्यस्तै यो सडक निर्माणमा म्याग्दीका गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको पहलमा रु ५० लाख बजेट विनियोजन भएको छ । यसैबिच मन्त्री र साँसद थापाद्धयको पहलमा भौतिक तथा यातयात मन्त्रालय मार्फत बेनी–दरबाङ–ताकम–लुलाङ – जलजला हुँदै रुकुम पश्चिम जोड्ने सडकलाई रु १ करोड र रत्नेचौर–ज्यामरुकोट, भकिम्ली हुँदै बरंजा जोड्ने सडकलाई रु १ करोड बजेट विनियोजन भएको मन्त्री थापाका स्वकीय सचिबालय सदस्य पुनले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l