दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण गरिने

  • २७ मंसिर २०७५, बिहीबार
  • 2534 पटक पढिएको

 


बेनी २७ मङसिर / डेढ वर्षअघिको पहिरोले विद्युतगृह पुरीएपछि बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङ स्थित दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण हुने भएको छ ।धवलागिरी गाउँपालिका र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले परियोजना पुनःनिर्माण गरेर म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित लुलाङमा विद्युत सुबिधा सूचारु गराउन लागेका हुन् ।

परियोजना पुननिर्माणका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले जानकारी दिए । सांसद थापाको पहलमा केन्द्रले बजेट बिनियोजन गर्दै परियोजना पुननिर्माणको निर्णय गरेको हो ।यसअघि धवलागिरी गाउँपालिकाको गत असारमा भएको गाउँसभाले परियोजना पुननिर्माणका लागि चालू आर्थिक वर्षमा पसास लाख रुपैयाँ बिनियोजन गरेको थियो । बजेटको व्यवस्थापन भएपछि यसैवर्षभित्र काम सक्नेगरी पुननिर्माणको काम अघि बढ्ने सांसद थापाले बताए ।

२०७४ साउन १२ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले २५ किलोवाट क्षमत्ताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको लमसुङ स्थित विद्युतगृह पुरीएको र नहर बगाएको थियो । परियोजनाको अधिकांश संरचना पहिरोले पूर्ण रुपमा क्षत्ती पु¥याएपछि लुलाङ, लमसुङ र खोरीया गाउँका बासिन्दा विद्युत सुबिधाबाट बञ्चित भएका हुन् । ३२१ घरधुरी उपभोक्ता परियोजना बन्द भएपछि अन्धकारमा रात कटाउन बाध्य भएका वडा अध्यक्ष गमप्रसाद बिकले बताए ।

गत वर्ष परियोजना पुनःनिर्माणका लागि सर्वेक्षण गरिएको थियो । परियोजना बन्द भएपछि उज्यालोका लागि सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारीत साना उद्योगहरु प्रभावीत भएका स्थानीय टेकलाल रसाइलीले बताए ।

मोवाईल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न समस्या भएको छ । परियोजनाको सबै संरक्षणमा पहिरोले क्षत्ती पु¥याएकाले नयाँ ठाउँमा पुनःनिर्माणका लागि प्रस्ताव गरिएको छ । मरेनीको फेदीमा बाँध र विद्युतगृह बनाउनेगरी पुनःनिर्माण गरिने वडा अध्यक्ष विश्वकर्माले बताए ।