मल्कबाङमा दरखोला मेला आयोजना हुँदै

  • २४ मंसिर २०७५, सोमबार
  • 2760 पटक पढिएको

म्याग्दी, २४ मंसिर । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा विविध खेलकुद मेला आयोजना हुनेभ एको छ । आगामी पौष १५ गतेदेखि स्थानीय सनलाइट युवा क्लबले दरखोला मेला आयोजना गरेको हो । मेलामा पूरुष भलिबल, महिला भलिबल र पुरुष बास्केटबल लगायतका खेलकुद प्रतियोगता आयोजना हुने क्लबले जनाएको छ ।

सो अबसरमा स्थानीय मौलिक कला संंस्कृतिको समेत जगेर्ना गर्ने गरि विविध साँस्कृतिक कार्यक्रम समेत समावेश गरिनेछ । क्लबले मेलालाई सफल बनाउन सहयोग गर्न सम्पूर्ण मल्कबाङबासीलाई आह्वान समेत गरेको छ ।

बर्षौदेखि सञ्चालन हुँदै आएको दरखोला मेला पछिल्लो समय विविध कारणले निरन्तरण पाउन नसकेको कारण क्लबले यस बर्ष सो मेलालाई निरन्तरता दिन लागेको जनाएको छ ।