मौलाउँदो भ्रष्ट्राचार नियन्त्रणका लागि नागरिक जागरण आवश्यक

  • २३ मंसिर २०७५, आईतवार
  • 2164 पटक पढिएको

बेनी २३ मंसिर । म्याग्दीमा मौलाउँदै गएको भष्ट्रचार नियन्त्रणका लागि नागरिक जागरणको आवश्यकता रहेको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।भ्रष्ट्राचार विरुद्धमा शुसासनको पक्षमा युवा अभियानले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले विकास निर्माण देखि सार्वजनिक सेवा प्रवाहमा भ्रष्ट्राचारको जालो झाँगीएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सडक निर्माणका क्रममा डोजरको अपारदर्शी प्रयोग, खरिदमा कमिसनको चलखेल, सेवा प्रवाहमा ढिलासुस्ती, कार्यालयमा विभिन्न कामको बाहनामा समय, नीति र संरचनात्मक भ्रष्ट्राचारजन्य गतिबिधि हुन थालेको बताउँदै त्यसका विरुद्ध नागरिक स्तरमा जागरण ल्याउन आवश्यक रहेको सहभागिको भनाई थियो ।

युवा अभियानका अगुवा प्रकाश पौडेलले म्याग्दीमा भ्रष्ट्राचार जन्य गतिबिधिको प्रमाण सहितको सूचना संकलनका लागि स्वमसेवक परिचालन भएका जानकारी दिए । संकलित सूचना र प्रमाण सञ्चार माध्यम मार्फत सार्वजनिक गर्ने र कारबाहीका लागि सम्बन्धित निकायसम्म पु¥याउने उनले बताएका थिए ।

अन्तरक्रियामा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, पूर्व अध्यक्ष घनश्याम खड्का, सचिव गोरखनाथ सुवेदी लगायतले सार्वजनिक सेवा प्रवाहमा मौलाएको दलालीकरण र विकास निर्माणमा हुने कमसिनको खेलमा नीतिगत भष्ट्रचार नियन्त्रण हुनुपर्ने बताए ।