वारिबेनीमा एनआइसी एशियाको घरदैलो

  • २३ मंसिर २०७५, आईतवार
  • 1300 पटक पढिएको

बेनी २३ मङसिर । एनआइसी एशिया बैङ्कको जलजला गाउँपालिका ३ वारिबेनीमा रहेको शाखाले घरदैलो घरेको छ । बैङ्कको कर्जा, निक्षेप सम्बन्धि योजनाको सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले शाखाका कर्मचारीहरुको टोलीले घरदैलो गरेका हुन् ।

वारिबेनीका स्थानीयबासी र व्यवसायीहरुकहाँ घरदैलो गरीएको बैङ्कका शाखा प्रबन्धक गणेश पौडेलले जानकारी दिनुभयो । एनआइसी एशियाले म्याग्दीको बेनीमा पनि शाखा विस्तारको तयारी गरेको जनाएको छ ।