झिँमा सुरक्षित प्रसुती सेवा केन्द्र सुरु (फाेटाे फिचर)

  • २२ मंसिर २०७५, शनिबार
  • 1725 पटक पढिएको

म्याग्दी, २२ मंसिर । म्यादीको रघुगंगा गाउँपालिका–५ झिँमा घरमै हुने प्रसुती सेवालाई हटाउन सुरक्षित प्रसुती सेवा सुरु गरिएको छ । झिँ स्वास्थ्य चौकीको स्तरउन्नती गरि प्रसुती सेवालाई सञ्चालन गरिएको हो । वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत रु २ लाख २२ हजारमा प्रसुती सेवाको लागि आबश्यक पर्ने समाग्री गरिद र पूर्वाधार तयार गरेपछि औपचारिक रुपमा प्रसुती सेवा सुरु गरिएको हो । तालिमप्राप्त स्वास्थ्यकर्मीको बन्दोबस्त मिलाएर सेवा सुचारु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक टिका शाहीले जानकारी दिनुभयो ।


प्रसुती सेवाको शनिवार गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले उद्घाटन गर्नुभएको छ । ग्रामीण भेगमा महिलाहरु असुरक्षित तवरले सुत्केरी हुनुपर्ने र सदरमुकाम झरेर खर्चिलो सेवा लिनुपर्ने बाध्यता हटाउन गाउँमै सो सेवा विस्तार गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । सो अवसरमा झिँ स्वास्थ्य चौकीमा आएर नियमित रुपमा चेकजाँच गरि सुत्केरी भएका ३ जना सुत्केरी आमाहरुलाई सम्मान समेत गरिएको छ । स्थानीय ओममाया शेरपुञ्जा, प्रेममाया थकाली, र बुद्धिमाया रोकालाई नगद सहित न्यानो झोला प्रदान गरिएका स्वास्थ्य चौकीका प्रमुख प्रेमचन्द्र प्रसाद जयसवालले जानकारी दिनुभयो ।


रघुगंगा गाउँपालिकामा यस अघि वडा नम्बर २ भगवती, ३ पिप्ले र ६ पाखापानीमा रहेको स्वास्थ्य चौकीमा मात्रै प्रसुती सेवा उपलब्ध थियो । गाउँपालिकाले स्वास्थ्य चौकीको क्षमता विस्तार गर्दै सबै वडामा सुरक्षित प्रसुती सेवाको पहुँच पु¥याउने जनाएको छ । कार्यक्रममा वडा नं ५ का अध्यक्ष मन बहादुर शेरपुञ्जा र वडा नम्बर ६ पाखापानीका वडा अध्यक्ष मन कुमार शेरपुजाले झिँमा प्रसुती सेवा केन्द्र स्थापनाले गाउँका बासीन्दाले हजारौँ खर्च गरेर सदरमुकाम सम्म पुग्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य चौकीकी अनमी सुस्मा पौडेल, सामुदायीक विद्युधिकरणका दलमान शेपुञ्जा, आमा समुहकी अध्यक्ष रामकुमारी थकाली, देउराली महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष श्रीमाया शेरपुञ्जा, स्थानीय अगुवा मनबहादुर शेरपुञ्जा, जिल्ला स्वास्थ्य कार्यालयको आमा र बाबु कार्यक्रमका फोकल प्रसन नारायण रेग्मी लगाएतले बोलेका थिए ।

स्वास्थ्य चौकी जयसवालको सञ्चालमा भएको उद्घाटन कार्यक्रमा महेन्द्र माध्यामीक विद्यालयका विद्यार्थी, स्वास्थ्य स्वंयमसेवीकाले स्वागत गित गाएर उपस्थ्ति अथितिलाई स्वागत गरेका थिए भने नृत्य समेत प्रसुत गरेका थिए । अहिले स्वास्थ्य चौकीमा हेल्थ असिस्टेनट १ जना, अनेमी २ जना, अहेव २ जना र १ जना कार्यलय सहयोगी रहेका छन् ।