मिस्टर एण्ड मिस म्याग्दीको पहिलो अडिशन सुरु, उपाधी जीत्नेलाई ५० हजार

  • २१ मंसिर २०७५, शुक्रबार
  • 2083 पटक पढिएको

म्याग्दी, २१ मङ्सिर । म्याग्दीमा पहिलो पटक आयोजना हुन लागेको मिस्टर एण्ड मिस म्याग्दीको अडिसन सुरु भएको छ । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा हुन लागेको प्रतियोगितामा १० दिनसम्म पहिलो अडिसन गरिनेछ । १४ देखि २९ बर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउने पाउने सो प्रतियोगितामा बिजेतालाई नगद रु ५० हजार सहित आकर्षक उपहारद्धारा पुरस्कृत गरिने प्रा.लि.का प्रवन्ध निर्देशक सुमन खड्काले बताए ।

शुक्रवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा खड्काले रनरअप र सेकेण्ड रनरअपलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए । आगामी १० दिनसम्म बेनीको ऋखार होटलमा अडिसनको लागि आवेदन लिने र अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई २५ दिनसम्म निःशुल्क तालिम प्रदान गरि निर्णायक प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

बिजेतालाई नगद पुरस्कार सहित म्युजिक भिडियोमा मोडलिङ वा गितमामा स्वर भर्ने अवसर दिईने छ । प्रतियोगिको क्षमता, सुन्दरता र कला प्रदर्शनको आधारमा बिजेता छनौट गरिनेछ ।