मंगला शिक्षा क्याम्पसमा ५२ सदस्यीय नेबिसंघ गठन

  • २० मंसिर २०७५, बिहीबार
  • 1523 पटक पढिएको


म्याग्दी २० मंसिर । नेपाल बिद्यार्थी संघ म्याग्दीले संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । संघले म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको छ । कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की, बिकास ठकुरी सचिव सोनी सापकोटा, कोषाध्यक्षमा,छबिलाल बुढा सहसचिवमा खगेन्द्र खड्का रहेका छन ।


मंगला शिक्षा क्याम्पस मुल ईकाई समिति दिपेन्द्र घर्ति क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्तममा बोल्दै नेबिसंघ म्याग्दीका कार्यवहाक अध्यक्ष निर्मल खत्रीले बिद्याथीहरुले अहिले पनि देशमा भैरहेको हत्या बलात्कारी लगायतलाई कारबाही गर्ने र बिद्यार्थीहरुको समस्याको बिषयमा नेबिसंघले सरकारलाई दवाव नविसंघले दिईरहेको बताए । संघले १२ औ महाधिबेशनसंगैे जिल्ला अधिबेशनबाट नया नेतृत्वको लागि संगठन विस्तारलाई तिव्रता दिएको बताउदै नेपालकोे शिक्षालाई ब्यवहारिक, गुणस्तर र रोजगारी मुलक बनाउन विद्यार्थी एकता आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला सदस्य रवि बरुवाल, झलक जिसी,जगत बानियाँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


म्याग्दी बहुमुखी क्याम्पस इकाईका सचिव हरिकृष्णा आचार्यको संचालन स्ववियु सदस्य दामोदर शर्माको स्वागतमा कार्यक्तम सम्पन्न भएको थियो ।