“व्यक्ति र व्यक्तित्व बिशेष” साक्षात्कार

  • २० मंसिर २०७५, बिहीबार
  • 1927 पटक पढिएको


म्याग्दी, २० मंसिर । न्यु वेष्ट पोइन्ट आवासीय मावि ÷ वेस्ट पोइन्ट कलेजमा “व्यक्ति र व्यक्तित्व बिशेष” साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा कार्यरत युवा शिक्षकहरुको समूह “द मिलिसिया ब्रदरहुड” को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मंसिर १९ गते बुधबार आयोजित कार्यक्रममा नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष धनन्जय श्रेष्ठ संग साक्षात्कार भएको हो । कार्यक्रममा उहाँले आफ्नो संघर्ष र प्रेरणाका धेरै कुरा प्रस्तुत गर्नु भएको थियो ।


म्याग्दीको रुममा जन्मिएर बेनीबजार आइसके पछी रेडक्रस, पुस्तकालय र जेसिस हुदै नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष जस्तो जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ एक सृजनशील र प्रेरणादायी युवा व्यक्तित्व हुनुहुन्छ । उहाँका अभिव्यक्तिबाट सधै सकारात्मक उर्जा प्रवाह हुने सहभागीले बताएका छन । कम बोल्ने र तार्किक क्षमता भएका श्रेष्ठलाई नयाँ नयाँ अबधारणाका खानि नै मानिन्छ । युवालाई उत्प्रेरणा दिन उहाँ सधै अब्बल हुनुहुन्छ ।
आफु पहिलो पटक यस्तो कार्यक्रममा सहभागी भएको र यस्तो उत्कृष्ट कार्यक्रमा गर्ने मिलिसियालाई धन्यबाद दिनु भएको छ । उहाँले कार्यक्रममा युवा शिक्षकहरुले गरेको, नेतृत्व विकास र व्यक्तित्व विकास सम्बन्धित उत्कृष्ट कार्यक्रमको प्रसंसा गर्नु भयो । “द मिलिसिया” ले विद्यालय भित्र र बाहिर विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ । हालै मात्र शुभारम्भ गरिएको “मलाइ पनि केहि भन्नु छ” भन्ने अभियानको समेत संयोजन गरेको छ । युवामा रहेको उर्जा र सोचलाई सहि तरिकाले उपयोग गर्न सकियो भने बर्तमानमा रहेको बितृष्णालाइ कमगरी सकरात्मक उर्जा विकास गर्न सघाउ पुग्ने प्रिन्सिपल बीणा झाले बताउनु भएको छ ।
विश्व स्वयं सेबक दिवस २०१८ को अवसरमा “द मिलिसियाले” यो कार्यक्रम आयोजना गरेको हो । वेस्ट पोइन्ट अडिटोरियममा सम्पन्न भएको कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक निर्देशकहरु, शिक्षक अभिभाबक संघ लगायत प्रकास मावि, बेनी सामुदायिक, माउन्ट एभरेस्ट, न्यु होराइजन र वेस्ट पोइन्ट शिक्षक तथा विध्यर्थिहरु सहभागी रहेको थियो । “द मिलिसिया ब्रदरहुडका” संयोजक संदिप मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक सतिस श्रेष्ठ र स्वागत रेसमान पुनले गरेका थिए ।