किसानी आधारभूत विद्यालयको दुईकोठे भवन उद्घाटन

  • १८ मंसिर २०७५, मंगलवार
  • 2151 पटक पढिएको


मंगला,१८ मंसिर । म्याग्दीकाे  मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । दुईकोठे भवनको उद्घाट्न गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी हुन् ।


विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताए । तत्कालिन जिल्ला शिक्षा कार्यालय म्याग्दीले दुईकोठे भवन निर्माणका लागि १६ लाख रुपैया उपलब्ध गराएको थियो । भवन बनाउन विद्यालयले जग्गा किनेर निर्माण गरेका थियो । भवन निर्माण गर्दा लागेको ऋृण तिर्न गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अाफ्नाे  तलवबापतकाे रकम सहयाेग स्वरूप उपलब्ध गराएका छन् । जग्गा किन्दा लागेको ३ लाख ५० हजार रुपैया रकम सो उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर केसीलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरीने प्रअ सापकोटाले बताए ।


विद्यालयको भवन निर्माणमा सहयोग गर्ने रोकालाई विद्यालयतर्फबाट सामाजिक विकास मन्त्री पुनले सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । भने ब्यवस्थापन समितिका अध्यक्ष, प्रअ र आमासमुहले समेत रोकालाई फूलमालाले सम्मान गरेका थिए ।


दुई कोठे भवनको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री पुनले विद्यालयको भौतिक संरचनाअनुसार विद्यार्थीलाई गुणस्तर शिक्षा उपलब्ध गराउन शिक्षक ब्यवस्थापन समिति र अभिभावकको महत्वपुर्ण भूमिका हुने बताईन । प्रदेश सरकारले दुर्गम र ग्रामिण क्षेत्रमा संचालनमा रहेका विद्यालयलाई प्राथमिकता राखेको जानकारी गराएकी थिईन । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले समृद्ध नेपाल सुखी नेपालको अवधारणलाई पुर्ण बनाउन शैक्षिक क्षेत्रलाई गुणस्तर बनाउनुपर्ने बताएका थिए । अध्यक्ष रोकाले आगामी दिनमा पनि तलब वापत प्राप्त हुने सुबिधा समस्यामा परेका सामुदायिक विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, नेपाल कम्युनिष्ट पाटी म्याग्दीका सड्यन्त्र सदस्य हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, श्रोत ब्यक्ति डेकबहादुर बानियाँले शुभकामना मन्तव्य राखेका थिए ।


कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा १६५ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्मको अनुमती पाएको विद्यालयले वि.स २०७२ देखि कक्षा ६ र ७३ सालदेखि कक्षा ८ सम्मको पठनपाठन सुरु गरेको थियो । दुर्गम क्षेत्रमा अवस्थित सिर्कुम गाउँका बालबालिका मावि तहको विद्यालय पढ्न साढे एकघण्टा हिडेर अर्मन पुगेर पढ्नु पर्ने समस्या विद्यालयमा संचालन गएिको ८ सम्मको पठनपाठनले सहज बनाएका व्यवस्थापन समितिका अध्यक्ष खत्रीले बताए ।भवन उद्घाटनमा पुगेका अतिथिहरुलाई आमासमुह, बाजाटोली र विद्यार्थीले फूलमालाले स्वागत गरेका थिए ।ब्यवस्थापन समितिका अध्यक्ष खत्रीको अध्यक्षता, वडा अध्यक्ष भुपेन्द्र खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्तमको संचालन प्रअ सापकोटाले गरेका थिए ।