महावीर पुनले भने–सरकारको असहयोग पछि जनतामाझ

  • २२ चैत्र २०७२, सोमबार
  • 1873 पटक पढिएको

समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द«को निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक बिकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ केन्द्र निर्माणका लागि आफू प्रस्तुत भएको बताउनु भएको हो । नेपालको बिज्ञान क्षेत्रका लागि नास्टमा कर्मचारीलाई तलब खुवाउने बजेट बाहेक केहि नभएको भन्दै बिज्ञान मन्त्रालयमा जाने मन्त्री केबल मन्त्रीको उपमा लिन मात्र जाने र यसले नेपालको बिज्ञान क्षेत्रमा कुनै परिवर्तन गर्न नसक्ने उहाँको टिप्पणी छ ।

पुनले नेपाल सरकारको आश्वासनले मात्र केही हुन नसक्ने भए पछि आफू र साथी मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा आविष्कार केन्द्रलाई उपलब्ध गराएको समेत उहाँले बताउनु भयो । राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि सरकारसँग १० मेगावाटको माग गरेको र त्यसले केन्द्र सञ्चालनमा सहयोग पुग्ने भन्दै उहाँले अबको संसार भनेको उत्पादन मुखि भएकाले नेपालमा कुनै पनि बस्तुको निर्यात गर्न नसक्नु दुखद् पक्ष भएकाले समेत सम्भावित उत्पादनको खोजी गरि निर्यात गरेर देशलाई आर्थिक सवालता तर्फ लानु पर्नेमा जोड दिनु भयो ।

पुनले नेपालमा भएका सम्भावनाहरुको खोजी गरेर त्यसलाई बजार सम्म ल्याउन केन्द्रले सहयोगी भूमिका खेल्नुका साथै केन्द्रमा पढेलेखेकाले मात्र नभएर ज्ञान र शिप भएकाहरुले नेपालको लागि योगदान दिन सक्ने बताउनु भयो । उहाँले केन्द्र निमार्णको अभियानमा नेपाल सरकारका बिभिन्न ब्यक्तिहरुले आश्वासन मात्र दिएको भन्दै नेपालीहरुको सहायोग र हौसलाका कारण अब केन्द्र निमार्णको काम अगाडि बढ्ने बताउनु भयो ।

नेपालमा भएका बिभिन्न स्रोत साधनको पहिचान र तिनको उत्पादनलाई बजार सम्म ल्याउनको लागि सबै भन्दा पहिला बुद्धिको आवश्यकता भएकाले समेत अबको ब्यवसाय खोजका साथै बुद्धिमूखी हुने पर्ने उहाँको भनाई छ । नेपाली दक्ष जनशक्ति रहरले नभएर करले बिदेशिन बाध्य भएको भन्दै नेपालमै राम्रो आम्दानी गर्न सक्ने वातावरणको श्रृजना गर्न सकिने भएता पनि सरकारको ध्यान यता तर्फ जान नसक्दा नेपाली कामदार बिदेशिनु परेको उहाँले बताउनु भयो । आविष्कार केन्द्रको निर्माणका लागि पछिल्लो समय देश बिदेशबाट सहयोग जारी रहेको भन्दै उहाँले भन्नु भयो नेपालीले राष्ट्रिय आविष्कार केन्द्रका बारे जानकरी नहोला भनि सरकारकै भर पर्नु आफ्नो गलत सोच रहेको पछिल्लो समयमा स्कुले बिद्यार्थी देखि सबैको सहयोगले प्रष्टाएको बताउनु भयो । Source- Www.sambadmedia.com