नकुलको ‘उखान युद्द’ ब्याटल गित बजारमा आउदै

  • १७ मंसिर २०७५, सोमबार
  • 3250 पटक पढिएको

बेनी, १७ मंसिर । नेपाली गित संगीतका विधाहरु समयअनुसार थपिदै गएका छन् । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले ‘उखान युद्ध’ ब्याटल गित फरकशैलीमा बजारमा ल्याउने तयारी गरेका छन् । उखान युद्द, यो गितका शब्दहरु उखान टुक्काले भरिएको छ । एक किसिमबाट यो सस्कृतीको संरक्षण पनि हो, समाज प्रयोग गरिने केही तँ तँ म म शब्दहरु दोहोरी टुक्कामा राखिएपनि यो गितले बजारमा राम्रै सन्देश प्रवाह गर्ने छ ।


सडकमा हिड्ने बटुवा सबै कमजोर र बेसाहारा हुदैनन, मान्छेमा एक रुप धेरै क्षमता हुन्छन भन्ने तरिकाले यो गितको संदेश रहेको छ। अरु सबै सन्देश २० गते आत्म बिश्वास फ्लिम बाट रिलिज भएपछि थाहा पाउनु हुनेछ ।
उक्त गितमा शब्द/गायक नकुल ढकाल, संगीत बिष्णु शर्मा, गायिका प्रीती आले रहेका छन । भने नकुल ढकाल र प्रीति आलेले अभिनय गरेका गितको निर्देशन भने बिक्रम चौहानले गरेका छन ।