देउसीभैलोबाट क्म्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

  • १६ मंसिर २०७५, आईतवार
  • धिरन खत्री
  • 2687 पटक पढिएको


म्याग्दी, १६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो ।


आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर प्रिन्टर मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, वडा–२ का अध्यक्ष धनबहादुर खाती र वडा सदस्य चक्रलाल पाण्डे क्लवका सचिव नेत्र सुवेदी र सदस्यले सो सामाग्री विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष ईमराज मल्ल, प्रअ दिलबहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए । क्लवको समन्वयमा स्थानीय समाजसेवी भागिराथ उपाध्ययले विद्यालयलाई ६ ओटा खानेपानीका जारहरु उपलब्ध गराएका छन् ।


सामुहिक हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले समाजको हरेक क्षेत्रको विकास लागि युवाहरुको भूमिका महत्वपुर्ण हुने बताउदै युवाहरुको एकताले समाजको विकास सम्भव भएको बताए । शिक्षाको भौतिक सामाग्रीहरु गुणस्तर भएरमात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउदै गाउँपालिको सकारात्मक काममा युवा क्लव र समाजका अगुवाहरुको सहयोग आवश्यक रहेको बताए ।


मंगला युवा क्लवका युवाहरुको सक्रियतामा भएको योगदानलाई अन्यले पाठ सिक्न आग्रह गरेका थिए । वडा अध्यक्ष खाती र सदस्य पाण्डेले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतको क्षेत्रलाई गुणस्तर र प्रभावकारी बनाउन बजेटमा प्राथमकिता दिएको बताए । त्यस्तै समाजसेवी उपाध्ययले शैक्षिक क्षेत्रलाई गुणस्तर बनाउन हरेक विद्यालयको कक्षा कोठामा खानेपानी ब्यवस्था हुनुपर्ने बताउदै आगामी दिनमा पनि निरन्तरता दिने बताए ।


क्लवले ‘मंगला शिक्षा अभियान’ अन्तर्गत अन्य क्षेत्रमा पनि सहयोग उपलब्ध गराउने प्रतिवद्धता सचिव नेत्र सुवेदीले जनाएका थिए । सुवेदीले विद्यालयमा हस्न्तारण गरिएको सामाग्री विद्यार्थीहरुको गुणस्तर पठनपाठन र दैनिक प्रशासनको काममा प्रयोग गर्न आग्रह गरेका थिए । प्रअ कार्कीले विद्यालयको गतिविधि र प्रगतिबारे जनप्रतिनिधि र अभिभावक समक्ष प्रस्तुत गरेका थिए । भने कार्यक्रममा सहयोगी दाताहरुलाइ क्लवतर्फबाट सम्मान गरिएको थियो ।


वडा अध्यक्ष खातीको अध्यक्षतमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष मल्लको स्वागत मन्तव्य, प्रअ कार्कीको संचालन सम्पन्न भएको थियो । भने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा गाउँपालिका अध्यक्ष रोकाले क्लव र स्थानीय परिवर्तनशिल आमासमुहलाई ५/५ हजार र वडा अध्यक्ष खातीले समेत क्लवलाई ५ हजार सहयोग गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l