भलिबल खेलबाट राष्ट्रिय पहिचान बनाएका राखुका मिलन

  • १३ मंसिर २०७५, बिहीबार
  • धिरन खत्री
  • 5021 पटक पढिएको


म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जन्मीएका मिलन मल्लको यतिबेला भलिबलमा निकै चर्चा छ । गाउँघरमा सामान्य अभ्यास गर्दा गर्दै मल्लको खेल जिवनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमै चर्च बटुल्न सफल भएको हो । मुक्तिधाम माविमा अध्ययन गर्दागर्दै मल्ल स्थानीय र जिल्ला स्तरमा आयोजना हुने खेलकुद प्रतियोगितामा भाग लिने गरेका थिए । तर मल्लको खेलकौसलको क्षमताको अहिले भलिबल क्षेत्रमा राम्रै चर्चा बटुल्न थालेको छ । नेपाल शसस्त्र प्रहरी (एफीएफ) क्लवमा आबद्ध भएपछि मल्लले र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा समेत आफ्नो खेल प्रतिभालाई देखाउने राम्रो अवसर भएका छन् ।


“हुने विरुवाको चिल्लो पात” भनेजस्तै भलिबल खेलमा आफुलाई सुरुवातदेखि नै निखार ल्याउनका २७ बर्षिय मल्ल विगत ८ बर्षदेखि नेपाल एफीएफ क्लवमा आवद्ध छन् । गाउँका मेलापर्वमा उत्कृष्ट प्रतिभा देखाउदै जिल्लाका खेलमा सहभागिता जनाएका मल्लले जिल्ला खेलकुद विकास समिति म्याग्दीबाट भक्तपुरमा आयोजित राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएर आफुलाई पहिलो पटक राष्ट्रिय स्तरको खेलमा समाहीत गराउने अवसर पाएका थिए । त्यसपछि जिल्लाको प्रतिनिधित्व गर्दै पश्चिमाञ्चल क्षेत्रीय भलिबल र २०६८ सालबाट नेपाल एफिएफ क्लवमा आवद्ध भएपछि निरन्तर रुपमा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागीजना जनाउँदै आएका छन् ।


ब्यवसायिक रुपमै भलिबल खेल्दै आएका मल्लले दक्षिण एशियाली च्याम्पीयनसिपमा सहभागीता भएर तेस्रो स्थान प्राप्त गर्ने अवसरमा समेत पाए । त्यस्तै बङगलादेशमा भएको सेन्टरजोम म्याचमा नेपालबाट सहभागिता जनाएर सेमिफाईनलसम्म पुगेका थिए । ब्यवसायिक खेलमा दुई पटक हङकङमा, तीन पटक ईन्डियाको सिक्किममा भलिबल खेल्ल पुगेका उनलाई राष्ट्रिय स्तर हुँदै अन्र्तराष्ट्रिय स्तरसम्म भलिबल खेल पर्दशन गर्ने अवसर जुरिसकेको छ । क्लव र अन्य जिल्लाका क्लवबाट ठुला राशिको प्रतियोगितामा ब्यवसायिक रुपमा खेल्दै आएका मल्लले अहिले नेपालको सबैजसो जिल्लामा आफ्नो खेल कौशल देखाईसकेका छन् ।
उनी अहिले एफिएफ क्लवको मुख्य ओप्पन सटरको भुमिकामा खेल्दै आएका छन् । २०६९ सालमा डडेलधुरामा भएको सर्बाधिक राशिको २ लाख पुरस्कार रहेको प्रतियोगितामा मल्लको टिम बिजयी भएको थियो । उनले दर्जनौँ प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार हात पारिसकेका छन् । छैटौ राष्ट्रिय धनगडी कप, तेह्थुमको २७ औँ राष्ट्रिय कप, चितवन र नवलवपरासी लगायतको धेरै स्थानमा पुगेर प्रथम पुरष्कार क्लवबाट जित्न सफल भएको उनी बताउँछन् ।

नयाँ प्रतिभान खेलाडी साथीहरुको सहभागिताले पछिल्लो समय राष्ट्रियस्तरमा सहभागिता कम भएपनि क्लवबाट मुख्य सदस्यको रुपमा खेल्दै आएका छन् । पछिल्ला समय भलिबललाई राष्ट्रिय खेल घोषण गरेपनि यो खेलको विकासमा प्रयाप्त पहलहरु ह्ुन नसकेको उनको भनाई छ । भलिबललाई प्रभावकारी बनाउन प्रशिक्षणको अभाब, अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल नहुनु, खेलाडीलाई रोजगारको ग्यारेन्टी नहुँदा निर्वाहमुखीले भलिबल खेल प्रभावकारी बन्न नसकेको उनको बुझाई छ ।

‘‘ भलिबललाई ब्यवस्थित प्रभावकारी बनाउन स्थानीय तहले ध्यान दिएर एक स्थानीय तह एक खेलकुद एकेडेमी स्कुल हुनुपर्छ, नभएपनि जिल्लामा एक खेलकुद एकेडेमी स्कुल संचालन गर्न आवश्यक छ’’– उनले भने । खेल क्षेत्रमा खेलाडीलाई राम्रो जुता, पोशाक, तालिमका लागि प्राप्त मात्रामा बल, खेलेर बाच्न सक्ने आधार बनाउन सरकारले ध्यान दिन आवश्यक रहेको उनले बताए । स्थानीयस्तर हुँदै भलिबललाई बलियो बनाउन सकियो भने मात्रै राष्ट्रियस्तरको खेल गुणस्तर हुने उनको भनाई छ । उनले आफुलाई भलिबल खेलाडी संगै रेफ्रि र कोचको भुमिकामा समेत आफु अगाडी बढ्ने योजना गरेको बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l