‘१७ औँ जेसीजकप’ फुटवलको पहिलो चरणको खेल सम्पन्न

  • १२ मंसिर २०७५, बुधबार
  • 2386 पटक पढिएको

 

म्याग्दी १२ मङसिर । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि १७ औँ जेसीज कप फुटवलको पहिलो चरणको खेल सम्पन्न भएको छ । १६ टिम सहभागि भएको १७ औ अन्तर मा.वि जेसीज कपकोे पहिलो चरणको खेलहरु बुधबार सम्पन्न भएको हो ।

अन्तर मावि जेसिज कपको दोस्रोदिन चार खेल सम्पन्न भएको थियो । धौलागिरि मावि सिंगाले म्याग्दी एकेडेमी सिंगालाई शून्यका विरुद्ध दुई गोल, बेनी बोडिङ्गले जामुनाखर्क मावि अथुङ्गेलाई २ का विरुद्ध चार गोल, लिटल गार्डेन एकेडेमीले बालमन्दिर आधारभूत विद्यालयलाई १ का विरुद्ध ४ गोल, प्रकाश माविले न्यू होराईजन बोडिङ पर्वत बेनीलाई १ का विरुद्ध ४ चार गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए । क्वाटरफाईनलका खेलहरु विहिबार हुने जेसीजका प्रवक्ता सुजन बरुवालले जानकारी दिए ।

प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र सहित नगद ४० हजार र २५ हजार रुपैया पुरस्कार विजेता र उपविजेतालाई रहेको छ। अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । विगत १७ वर्षदेखि बेनीमा निरन्तर रुपमा सञ्चालन हुदै आएको जेसीजकप विद्यालयको विश्वकप मानिन्छ ।