काठमाण्डौमा हुने एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगीताको तयारी तीव्र

  • १२ मंसिर २०७५, बुधबार
  • 2803 पटक पढिएको

म्याग्दी, १२ मङ्सिर ।  काठमाण्डौमा आगामी पुषमा हुने पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ । पुष १८ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीता सञ्चालनका लागी संघलाई आर्थिक भार नपर्ने गरि नेपाल तेक्वान्डो संघले मान्यता दिएको छ ।
अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको नेपाल शाखाको आयोजनामा प्रतियोगीता हुन लागेको हो ।

खेलकुद क्षेत्रको विकास, खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागी प्रतियोगिताको आयोजना गरिएको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपालका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो । प्रतियोगीतालाई सफल बनाउन सबै तयारी तिव्र रुपमा अघि बढाईएको र खेलाडीहरुले नाम दर्ता गर्ने क्रम सुरु भएको अध्यक्ष थापाले बताउनुभयो।


प्रतियोगितामा सहभागीताका लागी पुष ८ गतेसम्म नाम दर्ता गर्न सकिनेछ । बिभिन्न बिधामा खेलाईने प्रतियोगीतामा प्रथम हुने टिमले रु १ लाख प्राप्त गर्नेछन । त्यस्तै त्यस्तै द्वितीय हुने टिमले रु ५० हजार रुपैयाँ प्राप्त गर्दा तृतीय हुने टिमले रु २५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगीतामा उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई जनही रु १० हजार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपालको खेल स्थल भैसीपाटीमा हुनेछ । यसअघि अमेरिकास्थीत एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको केन्द्रिय कार्यालयले सन २०२० मा विश्व तेक्वान्डो प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।